Home News ‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल , मलाई बचाउनु भन्दै हस्पिटलमै...

‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल , मलाई बचाउनु भन्दै हस्पिटलमै धरधररी रोइन ! (सहयोग का लागि सेयर गराै)

280
0

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् ।

मि’र्गौला सम्बन्धी स’मस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि सम’स्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरि एको हो।

कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् ।

दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् । जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडिया लगायत अभिनय निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए ।

केहि दिन अगाडी आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली…’ बजारमा ल्याएकी थिइन्। दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी थिइन्।

उनले यो गीतमा आफूले यात्रा गर्दाका दृश्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन्। यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन्। जसमा रविन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here