Home News लकडाउन को विकल्प चाहियो भोक भन्दा रोग ठुलो हुदैन भन्दै आन्दोलन को...

लकडाउन को विकल्प चाहियो भोक भन्दा रोग ठुलो हुदैन भन्दै आन्दोलन को घोषणा, सबैलाई सहयोग गर्न आह्वान

972
0

विभिन्न अभियन्ताहरुले भदौ २४ गतेपछि फेरि पनि उपत्यकामा निषेधाज्ञा थपिए आन्दोलनमा जाने चेतावनी दिएका छन्।कोरोनालाई देखाएर ठूलो षडयन्त्र भइरहेको आरोप लगाउँदै आएका अभियन्ताहरु, भरत दाहाल, कर्ण बहादुर शाही, ऋषिकेश जंग शाह लगायतले आज छलफल पछि राज्यसँग आफ्ना मागहरु अबिलम्ब पुरा गर्न माग गरेका छन्।

अभियन्ताहरुले लकडाउनका साथै, स्यानिटाइजर, क्वारेन्टाइन र पीसिआर परीक्षण समेत बन्द गर्न माग गरेका छन्।कोरोनाको डर फैलाउन बन्द गरिनुपर्ने समेत उनीहरुको माग छ। ‘यो सामान्य रुघाखोकी हो। यसलाई जुन किसिमले उनीहरुले फैलाइरहेका छन् यो बन्द हुनुपर्छ’अभियन्ता दाहालले भने।‘कोरोनाको आतंक’ फैलाएर रोगभन्दा ठूलोसंख्यामा मानिसहरुलाई मृत्युवरण गर्न बाध्य बनाइएको भन्दै यसमा संलग्नहुनेहरुमाथि कारवाही गरिनुपर्ने अनौठो माग समेत अभियन्ताहरुले राखेका छन्।

मानसिक रुपमा विछिप्त भएकाहरुलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने उनीहरुको भनाई छ। यस्तै, सबै नेपालीलाई रोजगारी दिएर देशभित्रै रोक्नुपर्ने, बैंकबाट ब्याज लिएर कारोबार गर्नेहरुलाई लकडाउन अवधिको ब्याज मिनाहा गरिनुपर्ने, सटरभाडामा लिनेहरुको भाडा लिन नपाइने निर्णय गर्न सरकारसँग माग गरेका छन्।यसैगरि, नेपालमा उत्पादित खाद्यान्नलाई बजारसम्म आइपुर्याउने ग्यारेण्टी गर्नुपर्ने र दैनिक श्रममा बाँचेका मानिसलाई राहतको व्यवस्था गर्न समेत अभियन्ताहरुले सरकार समक्ष माग गरेका छन्।लकडाउनको समयमा धनी भएकाहरुको सम्पती छानविन गर्नका लागि नागरिकस्तरको आयोग समेत गठन हुनुपर्ने समेत उनीहरुको माग छ।यसैबीच, स्वास्थ्यमन्त्रालयले कोरोनालाई रोग होइन भन्नेहरुलाई कारवाहीको चेतावनी दिएको छ।

लकडाउन को विकल्प चाहियो भोक भन्दा रोग ठुलो हुदैन भन्दै आन्दोलन को घोषणा, सबैलाई सहयोग गर्न आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here