Home News प्रविणले पैसा पठाउँछ भन्ने आशामा परिवार बसेका थिए तर एक्कासी मृ’त्युको खबर...

प्रविणले पैसा पठाउँछ भन्ने आशामा परिवार बसेका थिए तर एक्कासी मृ’त्युको खबर पाए..

225
0

बागलुङ, ६ साउन- ३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो ।

गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए । बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा रोल्पा बाहिरका जिल्लामा निस्केका प्रविन वैशाखदेखि भएको निषेधाज्ञामा घरमै थिए ।

केही समय घरमा बसेपछि बागलुङको गलकोटमा काम चलेको खबर आयो । गलकोट नगरपालिका ७, मल्ममा ‘एक घर एक धारा’ परियोजनामा काम गर्न निर्माण कम्पनीका मालिकले बोलाएपछि प्रविण गाउँका अरु युवासँगै गलकोट आए ।

गलकोट आएको एक महिना नबित्तै प्रविण पिएको म’दि’रा र खाना बि’ष बनेपछि अब रोल्पा नफर्किने गरी अस्ताएका छन् । प्रविणसँगै खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरहरुले वि’षा’क्त म’दि’राकै कारण मंगलबार बिहान ज्या’न गुमाएका छन् ।

मृ’त्यु हुने रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना रहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । आयोजनामा १३ जना मजदुर कार्यरत थिए । म’दि’रा पिएका २ जना ग’म्भी’र बिरामी छन् ।

उनीहरुलाई धौलागिरी अस्पतालमा सघन उपचारकक्ष खाली नभएकाले गण्डकी अस्पताल पोखरा पठाइएको छ । ‘अस्तिसम्म सबै यहीँ थिए, ठेकेदारले काममा बोलायो भनेर हिँडेका हुन्’, सुनिल स्मृति गाउँपालिका–५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नमराज थापाले भने,‘घरमा दुःख भएकै कारण मजदुरीमा गएका हुन्, पैसा आउने बेला हुँदा मृ’त्युको खबर आयो ।’

खाना खाएलगत्तै बिरामी परेका उनीहरुको गलकोटमा रहेको इमरजेन्सी पोलिक्लिनिकमा उपचार भएको थियो । सामान्य उपचारपछि उनीहरुलाई राति नै धौलागिरि अस्पतालमा ल्याइएको थियो । अस्पताल आइपुग्दा बिहान साँढे ४ बजे उनीहरुको मृ’त्यु भैसकेको अस्पतालले जनाएको छ । सँगै म’दि’रा से’व’न गरेका २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती ग’म्भी’र बिरामी छन् । मृ’त’क रेखबहादुर राना र दुधबहादुर राना नजिककैका नातेदार हुन् ।

‘रेख बहादुर राइँलो बा हो, उसका जेठा दाजुको छोरा दुधबहादुर हो’, वडाध्यक्ष थापाले भने, ‘दुई भाइ छोरा छु’ट्टिभिन्न भएपछि खर्च चलाउन कठिन भयो भनेर दाइको छोरा लिएर रेखबहादुर मजदुरीमा निस्केका थियो ।

’ मृ’तक देवेन्द्र पुनको १ वर्षको ना’बाल’क छोरा रहेको थापाले बताए । म’दि’रा वा म’दि’रासँगै अन्य खानेकुरामा वि’षा’क्त परेको हुनसक्ने प्रहरीले अ’नुमा’न गरेको छ । घ’ट’नाबारे अ’नुस’न्धान गर्न प्रहरी नायव उपरीक्षक इकवाल हवारीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । प्रहरीले पसल संचालक भद्रबहादुर थापालाई नि’य’न्त्र’णमा लिएको छ ।

ती मजदुरले यसअघि पनि उक्त पसलमा नियमित म’दि’रा से’व’न गर्थे । मृ’त’क र बिरामीको र’ग’तमा वि’षा’क्त पदार्थ भेटिएको धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले बताए ।
‘र’ग’तको वि’दी सफा गर्न डा’यला’सिस गरियो, आइसीयू नभएकाले पोखरा पठाईएको हो’, डा. पोखरेलले भने ।

मृ’त’कको पो’ष्ट’मा’र्ट’म रिपोर्ट आएपछि मात्रै कुन प्रकारको बि’षा’क्त प्रयोग भएको भन्ने यकिन गर्न सकिने पोखरेलले बताए । मृ’तकको श’व धौलागिरि अस्पतालको श’व गृहमा राखिएको छ । परिवारका सदस्यहरु गाउँबाट हिँडिसकेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए । ‘परिवारका सदस्यसँगै वडा सदस्यहरु पठाएका छौं, घ’ट’नाको विषयमा सबै अनु’स’न्धान भएपछि मात्रै रिपोर्टका आधारमा दा’ह’सं’स्का’र हुन्छ’, घर्तीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here