Home News लोकप्रिय गायक बिष्णु खत्रीले ल्याए रिनै रिनको हृदयस्पर्शी गीत (भिडियो सहित)

लोकप्रिय गायक बिष्णु खत्रीले ल्याए रिनै रिनको हृदयस्पर्शी गीत (भिडियो सहित)

178
0

लोकप्रिय कलाकार बिष्णु खत्रीले दशैं लक्षित गीत सार्वजनिक गरेका छन् । गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट आइतवार सार्वजनिक भएको रिनै रिनको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ ।

नेपालको समाजको बर्षौदेखिको रेमिट्यान्समा बाँच्नुपर्ने बिवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ । गीत मात्रै सुन्दा पनि मन बहलाउँछ । भिडियो हेर्दा अझ भावुक तुल्याउँछ । उसो त खत्रीका यसअघिका भरिया दाइ, किसानी दाइ, कि शास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थता सँगै जोडिएर आएका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको आदर्श अनलाइनलाई बताए । खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, संगीत र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामथ्र्य राख्छन् ।

गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडेल सारिका केसी र ओवी रायमाझीको अभिनय छ ।

चर्चित गायक बद्रि पंगेनीले पनि गीतको म्युजिक भिडियो शेयर गर्दै नेपाली समाजको यथार्थपरक गीत भएको उल्लेख गरेका छन् । गरिबको गीत, समाजको गीत, न्याय र समानताको गीत अनि माया र मायालुको गीत गाउने जनप्रिय कलाकार खत्रीको गीत मर्मस्पर्शी र भावुक तुल्याउने खालको भएकाले बिदेशमा रहनुहुने दाजुभाइ दिदिबहिनीले एक्लै बसेर नसुन्न समेत आग्रह गरेका छन् । गीतको भिडियो लिंक तल छ ।

लोकप्रिय गायक बिष्णु खत्रीले ल्याए रिनै रिनको हृदयस्पर्शी गीत (भिडियो सहित)

याे पनि पढ्नुहोस्

अनुहारको दाग हटाउन देखि कब्जियत क्यान्सर र हड्डीको समस्या भएका क्यक्तिहरुका लागि सुन्तलाको बोक्राका यस्ता छन् औषधीय गुण
काठमाडौ – सुन्तला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।यसको सेवन प्राय मानिसहरुले गरेको हुन्छन् । यो भिटामिन सि को भण्डार हो ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।

भनेर सुन्तलाको बोक्राले अनुहार सुन्दर बनाउन काम समेत गर्दछ । कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । अनुहारमा दाग, धब्बा भएको छ भने सुन्तलाको बोक्रा पिधेर लगाउदा निकै लाभदायिक हुन्छ ।

अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हटेर जाने हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा हुने गर्दछ ।

यो पनि पढ्नुस …काठमाडौँ । विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ ।

जन्डिस हुने स्वम्भावाना स् मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता खतरनाक रोगहरूको सम्भवना निकै बढ्छ । मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ ।

किड्नीमा पत्थरी स् हुनतस् मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुनसक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here