Home News श्रिमानलाई लुकाएर राखेको छु भन्ने चम्सुरिले किन कहिल्यै श्रिमान देखाइननन् (हेर्नुस् भिडियो...

श्रिमानलाई लुकाएर राखेको छु भन्ने चम्सुरिले किन कहिल्यै श्रिमान देखाइननन् (हेर्नुस् भिडियो )

496
0

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।

उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मिएकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटकपटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनिलाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् ।

दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्माण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सहयोग गर्नु भएको छ भने अन्य धरै कलाकारहरुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

चम्सुरिलाई उनी बिराम भएर यसरी थलिनुभन्दा पहिले निकै नै सोधिएको प्रश्न हो श्रिमान खै त ? उनिले बारम्बार आफ्नो श्रिमानलाई लुकाएर राखेको बताउदै आएकि थिइन ।तर यो अन्तर्बार्तामा उनिले आफ्नो श्रिमान नेपालमै नभएको र करिब ८ बर्षबाट आफुहरुको भेटसमेत नभएको बताएकि थिइन् ।अहिले उनको श्रिमानलाई चौतर्फि खोजि गरिराखिएको छ किनकि चम्सुरि अहिले हदसम्मको दुखबाट गुज्रिरहेकि छिन्।श्रिमानलाई बिदेश नै प्यारो तर आफुले नेपाल छोड्नै नसक्ने भएकोले नै हो हाम्रो दुरि भएको उनैले बताएकि थिइन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here