Home News मूलाको साग चम्सुरीलाई भेटेपछि भक्कानिए,केही बोल्न सकेनन्(भिडियो हेर्नुहोस्)

मूलाको साग चम्सुरीलाई भेटेपछि भक्कानिए,केही बोल्न सकेनन्(भिडियो हेर्नुहोस्)

703
0

मूलाको साग चम्सुरीलाई भेटेपछि भक्कानिए,केही बोल्न सकेनन्(भिडियो हेर्नुहोस्)

पल्पसा डङ्गोल ‘चम्सुरी’ जो यतिबेला टिचिङ अस्पतालको बेडमा छ’ट’प’टाइरहेकी छिन्।आजभन्दा २५ वर्ष अगाडि कला क्षेत्रमा आउनुभएको पल्पसा डङ्गोल आज जीवनकै अन्तिम मोडबाट आम जनता बाट सहयोगको अपिल गरिरहेकी छिन्।

हास्य टेली फिल्म मेरी बास्सैबाट चर्चामा आएकी चम्सुरीको जीवन कहानी सुन्दै जिउ सिरिङ्ग हुन्छ।मेरी बास्सैमा कुञ्जना घिमिरेको आमाको भुमिका निर्वाह गरेकी चम्सुरीको दुई छोरीहरू छन्।

उनै पल्पसा डंगोललाई भेट्न गएका उनको श्रीमान बनेर खेल्ने सहकर्मी सुरेन्द्र केसीले भावुक हुँदै भने,”२५ वर्षदेखि सँगसँगै काम गरेको साथी दुईवटै मृगौला ड्यामेज भयो रे भनेको सुन्दा छाँगाबाट खसेजस्तै भए।

आँखाहरू नरोइ बस्नै सकेनन् र तुरुन्तै फोन गरेर चम्सुरीलाई भेट्न पुगेँ म। म अस्पताल पुग्नसाथ चम्सुरी डाँको छोडेर रुन थालिन्।सायद उनले सम्झिन् होला हामीले सहकार्य गरेर यत्रो वर्ष काम गरेको।जसोतसो चम्सुरीलाई सम्झाएर बाहिर निस्किँदा मैले अचम्मको दृश्यहरू देखेँ।

चम्सुरीलाई भेट्न आउनेहरूको लाइन थियो अस्पतालमा।भेट्न आउनेहरूको कुरा सुन्दा मेरो आँखा रसाए।नेपालको किड्नी ट्रान्सप्लाण्ट आफन्त वा हाडनाताबाट मात्र गर्न मिल्ने रहेछ।तर कलाकारलाई माया गरेर हामी किड्नी दिन्छौं भनेर भन्नेहरूको भीड देखेर म त अचम्म नै परेँ।

साँच्चै हामी कलाकारलाई धेरै माया गर्नुहुँदो रहेछ।एउटा कलाकारलाई बचाउन आफ्नो शरीरको अंग नै दान दिन्छु भन्दा साँच्चै नेपाली दाजुभाइ तथा दिदीबहिनीको मन त भगवनाकै जस्तो रहेछ भन्ने लाग्यो मलाई।

धेरै धेरै धन्यवाद आदरणीय भगवानरुपी दर्शक साथै शीघ्र स्वास्थ्य लाभको कामना चम्सुरीलाई।मूलाको साग काठमाडौँ आउनेबित्तिकै चम्सुरीको यस्तो खबर सुने तर पनि उनले आफ्नो यो कुरा पाँच वर्षदेखि कसैलाई पनि नभनीकन बस्दा त झन् आश्चर्य लाग्यो।उनलाई अहिले किड्नी दिनको लागि साठी जना जति व्यक्तिहरू भैसके छन्।यो सुन्दा हामी जस्ता कलाकारलाई नि माया गर्ने मानिसहरू रहेछन् भनेर सारै खुसी लाग्यो मनदेखी।

यसरी कलाकारलाई किड्नी दान गर्नको लागि म छु,म तयार छु भनेर आउने मान्छे देख्नेबित्तिकै मलाई हामी कलाकार कति भाग्यमानी रहेछौं भनेर रु’न मन लागेर आयो।”पल्पसा डंगोल चम्सुरीलाई भेट्न पुगेका कलाकार सुरेन्द्र के सी अर्थात मूलाको सागसँग अनलाइन तुफानसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।कृपया उहाँसँग गरिएको कुराकानीको पूर्ण अंश हेर्नको लागि तल दिइएको भिडियो हेर्नुहोला,धन्यवाद(भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here