Home Education राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने (जानकारीका...

राष्ट्र बैंकमा रोजगारीको अवसर, आठ कक्षा पासले पनि आवेदन दिन पाउने (जानकारीका लागि सेयर गराै)

455
0

नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको छ । बैंकले माग गरेको उक्त दुई पदमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी सिपाही पदका लागि २७ जना कर्मचारी माग गरेको छ । सिपाही (महिला) पदका लागि ५ जना कर्मचारी माग गरेको छ । २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ ।

जुन पदका लागि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले नै आवेदन दिन सक्नेछन् ।यस्तै, बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि पनि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले माग गरेको उक्त पदमा ४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् । साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रीय बैंकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here