Home News १३ वर्षदेखि अफगानिस्तान गएर सम्पर्क बिहीन भएका श्रीमान सम्पर्कमा(भिडियो हेर्नुहोस्)

१३ वर्षदेखि अफगानिस्तान गएर सम्पर्क बिहीन भएका श्रीमान सम्पर्कमा(भिडियो हेर्नुहोस्)

1113
0

बुटवल बेलबास नयाँ गाउँ सालघारीबाट एकजना राम कुमारी राना कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा कहाँ आफ्नो श्रीमान १३ वर्षदेखि हराइरहनु भएको भन्दै आउनुभयो।

उहाँको श्रीमान आजभन्दा १३ वर्ष अगाडि उहाँकै सल्लाहमा अफगानिस्तान जान्छु भनेर हिँड्नुभएको थियो तर अहिलेसम्म घर फर्कनुभएको छैन।उहाँका तीन छोराहरू छन् र अहिले तीन ओटै छोराहरूको बिहे भैसकेको छ भने जेठो छोराबाट जन्मिएको नाति नै अहिले कक्षा १० मा पढ्दै छ।

अहिले उनको श्रीमान उहाँले सन्तोष देउजालाई दिएको अन्तर्वार्ता हेरेर सम्पर्कमा आउनुभएको छ।उहाँले पनि आफ्नो छुट्टै किसिमको समस्या देखाउँदै बिहे गरेको पनि स्वीकार गरिसक्नुभएको छ।

उहाँले अन्तर्वार्ताका क्रममा बोलेका सम्पूर्ण कुराहरू झुठो हो भन्दै उनले आफूले घरको सबै व्यवहारहरू हेर्दै आइरहेको बताएकी छिन्।माइलो छोराको गाडी किन्ने पैसा,विदेश जाँदा लगाइदिएको पैसा,दु’र्घ’टनामा पर्दा उपचार गरेको पैसा सबै आफैंले बेहोरेको पनि जानकारी दिएका छन्।

साथै घरमा आफू विरुद्ध उजुरी दिएर सम्पत्ति रोक्का गरिदिएको पनि उनले बताएका छन्।उनी यसभन्दा १७ महिना अगाडि नेपाल आएर फर्केको जानकारी गराएका छन्।

अर्को श्रीमती पट्टी एउटी छोरी भएको र कान्छी श्रीमतीलाई काठमाडौँ लगेर राखिएको बताएका छन्।अब फेरि उडान सुरुहुनेबित्तिकै आफू नेपाल आएर सम्पूर्ण कुराहरू मिलाउने पनि जनाएका छन्।साथै उनी नेपाल आउँदा श्रीमती र छोराछोरीको कारण सुरक्षा ख’तरा भएको पनि बताएका थिए।

उनले आफू घरमा आउँदा खाना पकाएर दिने मान्छे पनि नभएको र उनी म’र्ड’र के’स गरेरै जे’ल’मा परेको र अझैसम्म पनि उनले सफाइ नपाएको र दाजुभाइहरू मिलेर उनलाई तारिखमा छुटाएको जानकारी गराएका छन्।आफू उनलाई भेट्न जे’लमा जाँदा पनि राम्रोसँग आफूसँग उनी नबोलेको उनले बताएका छन्।

घरमा सबैले लगाएर आफूलाई जेल पठाएको कुरा ग’ल’त हो भन्दै आफूले घरमा पठाएको पैसा आफ्नी आमा र दिदीबहिनीले खाएको होइन भनेका छन् र आमाको पेन्सन र दिदीबहिनी पनि बाहिर भएको कारण उनीहरूले पैसा खा’न नसक्ने उनले बताएका छन्।

उनी भन्छिन्,” सासू आमा पनि घरमा हुनुहुन्छ। श्रीमान गएको एक बर्षसम्म त पैसा पनि पठाउने र फोन सम्पर्कमा पनि हुनुहुन्थ्यो तर त्यसपछि उहाँ सम्पर्क बाहिर रहनुभयो।एकदिन अचानक उनको घरमा बस्न आएकी एकजना महिला दुई वर्षसम्म सँगै बसेकी थिइन् र निकै नजिक भएर एकअर्कामा काम गरेर बसेका थिए तर उनको मानसिक समस्याका कारण एकदिन हस्पिटल लैजाने क्रममा उनको बाटोमा मृ’त्यु हुन पुग्यो र उनलाई केही मान्छेहरूले आरोप लगाए र पक्राउ गरि जेल चलान गरे।तर त्यसको दुई वर्षसम्म उनी जेलमै बसिन् र दुई वर्ष पछि उनी निर्दोष साबित भइ सफाइ पाइन्।

त्यसपछि उनी आफ्नै घर परिवारमा छोराहरूसँग बस्दै आएकी थिइन्।एकदिन माइला छोराले हजुरआमा बुबासँग बोल्दै गरेको थाहा पाए र फोन हेर्दा ठ्याक्कै थाहा भयो र उनले आफ्नी आमालाई हजुर आमाले लुकेर बोल्ने गरेको कुरा बताए।त्यसपछि उनले प्रहरीकहाँ गएर आफ्नो श्रीमान खोजिदिन आग्रह गरिन् तर प्रहरीले पनि त्यतिबेला खासै चासो देखाएन।उनका श्रीमान भुपु इण्डियन आर्मी पनि थिए र पेन्सन लिंदै आइरहेका थिए।

माइलो छोरा दु’र्घ’टनामा परेर खुट्टाको उपचार गर्ने पैसा नभएपछि हजुरआमालाई समेत गुहारेका थिए।तर हजुरआमाले त्यति सजिलोसँग पैसा नदिएपछि उनले आफ्नो बुबासँग बोल्ने गरेको र केही भैहालेमा कानूनी उपचारमा जाने भनेपछि बाध्य भएर उनको बुबालाई खबर गरि पैसा खोजीदिएकी थिइन्।उनको जेठो छोराले पनि व्यवसाय गर्ने भनेर दस लाख जति पैसा लगानी गरेर डुबाए पछि घरमा भएको जग्गा जमीन राखेर पैसा निकालिदिन आग्रह गरे तर त्यहाँबाट पनि उनले सोचेजस्तो सहयोग पाएनन्।

फेरि पनि उनी प्रहरीकहाँ गएर आफ्नो श्रीमानको नम्बर सहित पुगीन् र प्रहरीले उनको श्रीमानको नम्बरमा कल गर्दा उनको श्रीमान टेक बहादुर रानाको श्रीमती हुँ भन्दै एकजना महिलाले फोन उठाइन्। प्रहरीले उल्टै टेक बहादुरको एकजना श्रीमती यहाँ हुनुहुन्छ उहाँको खोजी गर्न आउनुभएको छ भन्दा उनले टेक बहादुरले आफूलाई धोका दिएर बिहे गरेको खुलाइन्।

त्यसपछि उनी त्यहीँबाट फर्केर घर आइन्।उनी भन्छिन्,मलाई मेरो बुबा आमाले १५ वर्षमा कन्यादान दिएर आएकी हुँ। तीन जना छोराहरूको बिहे गरेदिएँ।आइमाई मान्छे तीन छोराहरू छन् तर उनीहरूको बाबु नहुँदा दुनियाँको सामु आफूलाई निकै नै अप्ठ्यारो परेको उनले बताइन्।अहिले उनी श्रीमानको खोजी गर्न मिडियाको सहारा लिँदै सन्तोष देउजाकहाँ आइपुगेकी हुन्।भिडियो:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here