Home News नेपालकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयार, एरो थाइको निर्णय कुर्दै...

नेपालकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयार, एरो थाइको निर्णय कुर्दै आयोजना (जानकारीका लागि सेयर गराै)

246
0

भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सम्पन्न भएपछि अब परीक्षण उडानको तयारी थालिएको हो।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन्। पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ।

दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ। त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ ।

यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ। यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको हो। कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here