Home News देशकै सबैभन्दा ठूलो स्टिल बिलेट उद्योग संचालनमा, नेपालमै लाखौं मेट्रिकटन बिलेट र...

देशकै सबैभन्दा ठूलो स्टिल बिलेट उद्योग संचालनमा, नेपालमै लाखौं मेट्रिकटन बिलेट र डन्डी उत्पादन (जानकारीका लागि सेयर गराै)

321
0

देशकै सबैभन्दा ठूलो स्टिल बिलेट उद्योग संचालनमा, नेपालमै लाखौं मेट्रिकटन बिलेट र डन्डी उत्पादन

सौरभ समूहले बाराको परवानीपुरमा यहि साउन ५ गतेदेखि देशकै सबैभन्दा ठूलो सर्वोत्तम स्टिल बिलेट उद्योग संचालनमा ल्याएको हो ।

उद्योगले भारत, इरानलगायतका मुलुकबाट स्पन्ज आईरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर स्टिल विलेट उत्पादन गर्ने छ । उद्योग वार्षिक ३ लाख मेट्रिक टन बिलेट उत्पादन गर्ने र सोमध्येबाट १ लाख मेट्रिक टन भने डन्डी उत्पादन गर्ने छ ।

कुल साढे ६ अर्ब रुपैयाँको लगानीमा संचालनमा आएको सो उद्योगमा स्थिर पूँजी साढे ३ अर्ब र चालू पूँजी ३ अर्ब लगानी रहेको छ । उक्त उद्योग संचालनमा आएसँगै एमएस बिलेट (तयारी फलाम) खरिदका लागि बाहिँदै आएको विदेशी मुद्राको समेत बचत हुनेछ ।

सर्वोत्तम उद्योगमा सौरभ ग्रुप र वीरगन्जका व्यवसायी राजेश अग्रवालको संयुक्त लगानी रहेको छ । जसमा सौरभ ग्रुपको ६० र अग्रवालको ४० प्रतिशत लगानी रहेको छ ।

करिव १६ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योग पूर्ण रुपमा संचालनका लागि मात्रै ४२ मेगावाट विद्युत आवश्यक पर्ने छ । जसले विद्युत खपतमा समेत ठूलो सहयोग पुर्याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here