Home News २६ बर्षे श्री’मतीको दुङ्गाले कि’ची’कि-ची विभत्स ह- त्या। ५ बर्ष भो श्री’मान...

२६ बर्षे श्री’मतीको दुङ्गाले कि’ची’कि-ची विभत्स ह- त्या। ५ बर्ष भो श्री’मान बिदेशमा छन | Rukum (भिडियो हेर्नुहोस)

878
0

२६ बर्षे श्री’मतीको दुङ्गाले कि’ची’कि-ची विभत्स ह- त्या। ५ बर्ष भो श्री’मान बिदेशमा छन | Rukum (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ ।

३ वटा ट्रक र ७ वटा पिकअप भेनबाट लोड गरेर लैजाँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बरामद भएको केराउको परिमाण ७ सय ३० क्विण्टल छ ।

परासीहुँदै सीमावर्ती क्षेत्रमा लैजानका लागि भैरहवाबाट बुधबार २३ वटा सवारीसाधनमा केराउ लोड भएको जानकारी पाएपछि निस्केको प्रहरीले परासी क्षेत्रबाट ७ वटा पिकअप भेन पक्राउ गरेको हो ।

पिकअप भेन पक्राउ भएपछि अन्य सवारीसाधनहरु नआएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै प्रतापपुर सीमा क्षेत्रबाट १ वटा ट्रक पक्राउ गरेको छ भने बिहीबार बर्दघाट क्षेत्रबाट २ वटा ट्रकमा लोड गरेको केराउ बरामद गरेको हो । उक्त २ वटा ट्रकबाट ४ सय २० क्विण्टल केराउ रहेको छ । अन्य क्षेत्रबाट बरामद भएको केराउ ३ सय १० क्विण्टल छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक लामाले जानकारी दिए ।

पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइण्ट राखेर चेकजाँचलाई तिव्रता दिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । नेपालमा भन्दा भारतमा महङेमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ ।

नेपाली बजारमा १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने केराउ भारत पुर्‍याएपछि प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा हुने गरेको व्यवसायीहरुले बताएका छन् । हप्ता दिनअघि पनि प्रहरीले २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here