Home News अर्बौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने, डिजाइनमा फ्रेन्च कम्पनी (भिडियो...

अर्बौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने, डिजाइनमा फ्रेन्च कम्पनी (भिडियो हेर्नुहोस)

258
0

अर्बौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने, डिजाइनमा फ्रेन्च कम्पनी (भिडियो हेर्नुहोस)

५० अर्बको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। प्रस्तावित डिजाइनलाई सरकारले स्वीकृति दिएर अगाडि बढाएमा काठमाडौंको विमानस्थल विश्वका अत्याधुनिक सुविधा सम्पन्न भन्दा कम हुने छैन।

नागरिक उड्डयन प्राधिकरणले उड्डयन पूर्वाधार विकास योजनाअन्तर्गत तयार डिजाइनअनुसार नयाँ टर्मिनल भवन अहिलेको भन्दा तीन गुणा ठूलो क्षेत्रफलमा बिस्तारित त हुने नै छ, ६ वटा बोर्डिङ ब्रिज, कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको सुविधा रहनेछ।

अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा दिइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान्य अवस्थामा वार्षिक सरदर ७२ लाख यात्रु आवागमन गर्ने गरेका छन्।
प्राधिकरणका अनुसार सन् २०१० का तुलनामा २०१८ मै यात्रु आवागमन दोब्बर पुगिसकेको थियो। हवाई यात्रु र विमान उडान(अवतरणको बढ्दो चाप धान्न पूर्वाधार बिस्तार जरुरी भइसकेको ठहर प्राधिकरणको हो।

त्यसैले प्राधिकरणले पूर्वाधार बिस्तारको योजना अघि बढाएको हो। हालको टर्मिनल भवनको क्षेत्रफल ३३ हजार स्क्वायर मिटर छ। नयाँ पूर्वाधारले ओगट्ने क्षेत्रफल अझ बिस्तार हुनेछ।

प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन विमानस्थलको उत्तरपट्टी रहेको ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण गरिनेछ। नयाँ टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआइले गरेको हो। यो कम्पनीले सन् २०१६ मै नयाँ विमानस्थलको डिजाइन तयार गरेर प्राधिकरणलाई बुझाएको थियो। निर्माण चरणमै लैजानेगरी प्राधिकरणका अधिकारीहरु बल्ल सक्रिय भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here