Home News बधाई: बझाङकी हेवन उपाध्यायले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि (सम्मान स्वरुप सेयर...

बधाई: बझाङकी हेवन उपाध्यायले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि (सम्मान स्वरुप सेयर गराै)

208
0

बधाई: बझाङकी हेवन उपाध्यायले दिलाईन् नेपाललाई प्रथम अन्तर्राष्ट्रिय उपाधि (सम्मान स्वरुप सेयर गराै)

ब’हिरा व्यक्तिहरुको सीप, क्षमता र कौशलताको प्रदर्शन गर्न आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएकी हेवन उपाध्याय प्रथम भएकी छिन

भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ (मौनता सहितको जीवन) कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा हेवन प्रथम भएकी हुन् ।नेपालको तर्फबाट सहभागी भएकी प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर हेवन उपाध्यायले १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी छिन् ।

सन् २०२१ को कृयाकलाप अन्तर्गत को-भि’ड-१९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो ।जसमा जेष्ठ नागरिकहरु,

बालबालिकाहरु तथा अन्य अ’पांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि ब’हिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो । त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।

वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले ब’हिरा व्यक्तिहरुमा जनचेतना फै’लाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ ।

ब’हिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शा’न्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् ।

कैलालीको धनगढीमा जन्मेकी उनीमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो ।उनीमा त्यस्तो स’मस्या देखिएपछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने स’मुदायको एउटा कु’प्रथालाई तो’ड्नकै लागि पनि अर्को सन्तानको तयारी गरेनन् ।

५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्साल स्थित सा’ङ्केतिक भाषाको ब’हिरा उच्च माध्यमिक विद्यालय बा’ल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् ।उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here