Home News ७ बर्ष पछि श्री’मान जिउँदै छ भन्ने खबर आउँदा खुशीको सिमै रहेन...

७ बर्ष पछि श्री’मान जिउँदै छ भन्ने खबर आउँदा खुशीको सिमै रहेन | श्री’मती र छोराले यस्तो भने हेर्नुहोस् (भिडियो हेर्नुहोस)

512
0

७ बर्ष पछि श्री’मान जिउँदै छ भन्ने खबर आउँदा खुशीको सिमै रहेन | श्री’मती र छोराले यस्तो भने हेर्नुहोस् (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
गत वर्षको साउन महिनामा भारी वर्षा आयो । जिल्लाका विभिन्न ठाँउमा बाढी-पहिरो गयो । जिल्लाभरी जम्मा ५१ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाए । सयौँ नागरिक घाइते भए ।

हजारोँ नागरिक घरबार विहीन भए । त्यसै वर्षाका कारण जिल्लाको रास्कोट नगरपालिका वडा नं. ९ स्थित फुगाड खोलामा ठूलो बाढी आयो ।

कर्णाली करिडोरमा नेपाली सेनाले बनाएको बेलिब्रिज र वर्षौँअघि बनेको झुलंगे पुल बाढीले बगायो । त्यससँगै स्थानीयका तीन घर, माछापालन, तरकारी खेती सबै बग्यो । तरकारी खेती र धान फल्ने खेत बगर बने । त्यसपछि फुगाड खोलामा पुल बनेन । गाडीहरु खोलाबाट गुडाउन थालियो ।

यस वर्ष पनि फुगाड खोलामा पानीको बहाव दिन प्रतिदिन बढ्दैछ । यातायात सेवा अवरुद्ध भयो । स्थानीयले मोटरसाइकल यात्रा गर्दा खोलामा गुडाएर ल्याउन सकिँदैन । आसपासमा बसोबास गर्ने स्थानीय युवाहरुले प्रति मोटरसाइकल एक हजार तिरेर बोकेर खोला पार गर्नु परेको छ ।

असारको महिनापछि खोलामा गाडीहरु सहजै तर्न सक्दैनन् । स्थानीय खीम बरालले भने, “कहिले खोलामा पानी घट्छ । कर्णाली करिडोरमा खोलाबाटै गाडी तर्छन् । पानी परेको दिन खोलामा भेल बढ्छ । गाडी चल्न सक्दैनन् । मोटरसाइकल दश जनाजति युवाले बोकेर तार्नुपर्छ । मोटरसाइकल तार्न स्थानीयले ज्यानै जोखिममा राखेर बोकेर खोलो पार गर्छन् ।”

कर्णाली करिडोरको लालिघाटदेखि घाटाचौरसम्म दर्जनौँ ठाँउमा पहिरो र खाल्डाखुल्डी छन् । ठाँउ ठाँउमा गाडी फसेर यात्रा निकै कठिन छ । मोटर साइकलमा दुई जनालाई यात्रा गर्न समस्या हुन्छ । गाडी चालक महेश न्यौपानेले भने, “कर्णाली करिडोर दिन प्रति दिन बिग्रिँदै गएको छ । बाढी पहिरोका कारण सडकको स्वरुप नै बिगारिदिएको छ ।

फुगाडमा पुल नबन्दा खोलाबाट ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ । पैदल यात्रा गर्ने यात्रुहरुलाई पनि उस्तै समस्या छ । बिरामीलाई सदरमुकाम ल्याउन पनि समस्या छ । कति बेला खोलामा बाढी आउँछ पत्तो हुदैन । छिनमै पानी घट्छ छिनमै पानी बढ्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here