Home News पा’रस सम’र्थकको सड’कमा उ”ग्र’रु’प: जं”गिदै बोलिन् छो’री कीर्तिका- भन्छिन् प्रह’रीले बाबुमाथि दू’र्व्य’हार...

पा’रस सम’र्थकको सड’कमा उ”ग्र’रु’प: जं”गिदै बोलिन् छो’री कीर्तिका- भन्छिन् प्रह’रीले बाबुमाथि दू’र्व्य’हार ग’र्यो (भिडियो हेर्नुहोस)

1659
0

पा’रस सम’र्थकको सड’कमा उ”ग्र’रु’प: जं”गिदै बोलिन् छो’री कीर्तिका- भन्छिन् प्रह’रीले बाबुमाथि दू’र्व्य’हार ग’र्यो (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई थप आकर्षित गर्न मिनी चिडियाखाना स्थापनाको काम थालेको हो । यसका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए ।

‘सानो आकारको चिडियाखाना बनाउने योजना छ’ मेयर सुवेदीले भने, ‘त्यसैका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’ पर्यटकलाई थप आकर्षित गर्न काँक्रेविहारको जंगलमा चिडियाखाना बनाउन लागिएको हो । विगत दुई वर्षदेखि नगरपालिकाले काँक्रेविहारमा चिडियाखाना बनाउने योजना अगाडि सारेको थियो । काँक्रेविहार क्षेत्रमा रहेको जंगललाई पुरै घेरबार गरिने र मिनी चिडियाखानाको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।

चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ । हाल सो क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षणका लागि काँक्रेविहारमा वन्यजन्तुको वासस्थान निर्माण, पानी पोखरी निर्माण र आहाराका लागि बोट विरुवाहरु पनि रोपिने छ । रैथाने वन्यजन्तु विस्थापित नहुन् भन्ने उद्देश्यले उनीहरुका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र वास बस्नका लागि वासस्थान निर्माण गरिने छ । चिडियाखानाका लागि नगरपालिकाले पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । नगरपालिकाको लगानीमा डिभिजन वन कार्यालयले पूर्वाधार निर्माणको काम गरिरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here