Home News पारस सरकारको हात समात्नेको हात का’टदि’न्छु भन्दै जं’गिए राजाबा’दी | आङकाजि शेर्पालाई...

पारस सरकारको हात समात्नेको हात का’टदि’न्छु भन्दै जं’गिए राजाबा’दी | आङकाजि शेर्पालाई ठा’डो चे’ताव’नी (भिडियो हेर्नुहोस)

1430
0

पारस सरकारको हात समात्नेको हात का’टदि’न्छु भन्दै जं’गिए राजाबा’दी | आङकाजि शेर्पालाई ठा’डो चे’ताव’नी (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालमा संघीयताको अभ्यास भएको चार वर्ष भएको छ। नेपालको संविधान २०७२ का आधारमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव भएपछि यसको अभ्यास सुरु भएको हो।

विगतमा बहुआयामिक द्वन्द्वलाई सम्बोधन गर्ने क्रममा लागू भएको संघीय व्यवस्था वास्तवमै हाम्रा लागि नौलो थियो। जनताका अपेक्षा धेरै थिए। ती अपेक्षाहरू अझै पूरा भएका छैनन्। नयाँ व्यवस्थाको स्वाद अनुभूति गर्न नपाई यसप्रति नकारात्मक टिप्पणी आउन थालेका छन्।

यसले जनतामा अन्योल सिर्जना भएको छ। निर्वाचित प्रतिनिधिको एक कार्यकाल पनि पूरा भएको छैन। यति धेरै गुनासा सुनिनु राम्रो लक्षण होइन। संघीय लोकतान्त्रिक गणतन्त्रले आश्वस्त पार्नुपर्ने बेलामा यसको प्रभावकारिताबारे प्रश्न उठ्नु राम्रो होइन।

यसर्थ, आशंकाका स्वरहरू आइरहेको वर्तमान सन्दर्भमा यस्ता आरोप र गुनासा सम्बोधन गर्नुपर्ने महसुस गरी यस लेखमा केही विषय उठाएको छु, जुन यस व्यवस्थाको छवि निर्माण र दीगोपनाका लागि प्रासंगिक छन्।

अहिले राजनीतिक क्षितिजमा देखिएका विरोधका आवाजहरू मूलतः संघीयता महँगो भयो, अर्थतन्त्रले धान्न सक्दैन भन्ने कुरामा केन्द्रित छन्। यसले मुलुक समृद्ध होइन, असफल बनाउने आशंका गरिरहेका छन्। प्रदेश सरकार र प्रदेशस्तरीय संरचनाहरू आवश्यक नरहेको तर्क पनि गरिरहेका छन्।

स्थानीय तहका नेताकार्यकर्ताको सुविधा र हैकमप्रति नाराज देखिन्छन्। नेपालमा तीन तहको संघीयता छ। यो कतैको नक्कल होइन, नेपालको मौलिकता हो। स्थानीय तहको खर्च बढी भएको आशंका यथार्थसंगत छैन। विगतमा करिब चार हजार स्थानीय निकाय थिए। तिनको सभा र भत्ताखर्च ७५३ वटा स्थानीय तहमा केन्द्रित भएको छ।

त्यसैले कुल सञ्चालन खर्च बढेको छैन। तथापि स्थानीय तह ५६५ वटा भए पुग्छ भन्ने राज्य पुनर्संरचना आयोगको ठहर थियो। नेताहरूले थपेर ७५३ पुर्‍याएका हुन्। अझै पनि यसको संख्या घटाउन सके राम्रो हुनसक्छ भन्ने कुरामा दुईमत छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here