Home Uncategorized गु’ल्मीमा घ’ट’यो ड’र’लाग्दो घ’ट’ना ।। ३१ बर्सिय वि’दुरको श’ब ड’र’लाग्दो भि’रमा भेटियो...

गु’ल्मीमा घ’ट’यो ड’र’लाग्दो घ’ट’ना ।। ३१ बर्सिय वि’दुरको श’ब ड’र’लाग्दो भि’रमा भेटियो , Gulmi (भिडियो हेर्नुहोस)

409
0

गुल्मीमा घ’टयो ड’रलाग्दो घट’ना ।। ३१ बर्सिय विदुरको श’ब ड’रलाग्दो भिरमा भेटियो , Gulmi ishma (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा ३०४ मेगावाट क्षमताका दश वटा जलविद्युत आयोजना भित्रिएका छन् । कालीगण्डकी, म्रिस्ती, निलगिरी, घलेम्दी र रेले खोला रहेको नारच्याङमा ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना निर्माण सकेर विद्युत उत्पादन गरिरहेका छन् । थप ११६ मेगावाट क्षमताका तीन वटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चार वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

२०४५ मा नेपाल विद्युत प्राधिकरणले २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना निर्माण गरेको नारच्याङमा वि.स. २०७६ मा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भएको थियो ।

२०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण सुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाले ब्यवसायीक उत्पादन सुरु गरेको छ । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

१३ अर्ब लागत अनुमान गरिएको दुईवटै आयोजना सन २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इञ्जिनियर केशव वाग्लेले बताए । ह्युम कन्सल्ट प्रा.ली प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले नारच्याङको बेसी गाउँको सिरानमा रहेको म्रिस्तीखोला जलविद्युत आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here