Home News आजको मौसम : देशभरको यी स्थानमा हुँदैछ भारी वर्षा

आजको मौसम : देशभरको यी स्थानमा हुँदैछ भारी वर्षा

145
0

मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ । मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आजै राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here