Home News नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

322
0

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिले सम्म आफ्नै पार्टीका नेताविरुद्ध सा’माजिक स’ञ्जालमा आ’लोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आ’लोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रति’बन्ध लाग्ने भएको छ । बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक स’ञ्जालमा नेताविरुद्ध ज’थाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति,नेता र कार्यकर्ताविरुद्ध सा’माजिक सञ्जालमा ज’थाभावी लेख्ने र पार्टी हित वि’परीत गतिविधि गर्ने प्रवृत्तिलाई क’डाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक नि’र्देशित गर्दछ ।’

अध्यक्षद्वयको प्रस्ताव मा भनिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गु’टबन्दीको असरलाई वि’धि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अ’राजकता र अनुशासनहीनता एवं गु’टबन्दीपूर्ण क्रियाकलापलाई नि’यन्त्रण गर्ने निर्णय गर्दछ ।’

‘नेकपा कम्ति पारदर्शी छ त ?’

यसैवीच नेकपा स्थायी कमिटीको बैठक नबस्दै अध्यक्ष केपी ओली र प्रचण्डको प्रस्ताव मिडियामार्फत बाहिरिएकोमा केन्द्रीय सदस्य विष्णु रिजालले अ’सन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत व्यं’ग्य गरेका छन्- नेकपा कम्ति पारदर्शी छ त !

रिजाल फेसबुक मा लेख्छन्, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्य कै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो’रिजालले फेसबुकमा लेखेका छन्‘अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दा नपुग्दै हुबहु सा’र्वजनिक भयो । छलफलै नभई सा’र्वजनिक गर्न कति हतार हो ? बैठकमा सम्म त पेस हुन दिए हुने नि !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here