Home News एमसीसी पास नहुदैँ अमेरिका र चीनले नेपालमा गर्न थाले यस्तो बबण्डर, पास...

एमसीसी पास नहुदैँ अमेरिका र चीनले नेपालमा गर्न थाले यस्तो बबण्डर, पास भए के होला ?

432
0

यतिबेला अमेरिकी सहयोग नियोग एमसीसी नेपालमा चर्चाको केन्द्रमा छ ।

नेपालमा एमीसी पास गराउन अमेरिका हात धोएरै लागि परेको छ । एमसीसीको वि’रोध गर्ने सांसदहरुलाई अमेरिकाले नेपालस्थित दुतावासमै बोलाएर अनेकन प्रलोभन देखाउन थालेको छ भने उता चीन भने एमसीसी रोक्न नेता देखि मन्त्रीका घरघरमा धाउन राजदुत खटाएको छ ।

चीन र अमेरिकाका कारण देशको राजनीतिमा भित्रभित्रै बबण्डर मच्चिएको छ । एमसीसी पास भए नेपालमा अमेरिकी सेनाले राज गर्ने र नेपाली भूमि प्रयोग गरेर चीनलाई निशाना बनाउने रणनीति अमेरिकाको रहेको विश्लेषकहरु बताउँछन् ।

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमसीसी चर्चामा छ । यो विषय भित्र भित्रै पेचिलो बन्दै गएको हो । पौष ५ गते निवर्तमान प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरे पछि लगभग चर्चा शुन्य जस्तै भएको एमसीसी देउवा प्रधानमन्त्री भएपछि फेरी तातेको छ ।

जनदवाव व्यापक भएपछि बाहिर अहिले एमसीसी पास नगर्ने भने जसरी सरकारले सन्देश दिएको छ तर भित्रै भित्रै यो विषय निकै पेचिलो बन्दै गएको देखिन्छ । देउवा प्रधानमन्त्री भएलगत्तै नेपाल स्थित अमेरिकी राजदुत र्‍यान्डी जे बेरी र चिनिँया राजदुत होृउ यान्छीले व्यापक सक्रियता बढाएका छन् ।

अमेरिकी राजदुत बेरी र चिनीयाँ राजदुतले पालैपालो मन्त्री र शिर्ष नेताहरुलाई भेटिरहेका छन् । आजै मात्रै ऊर्जामन्त्री पम्फा भुषाललाई अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले भेटेका छन् । साउन १५ गते चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भुषाललाई भेटेकी थिइन् । उर्जामन्त्रालय एमसीसी सँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हो ।

यान्छीले भेटेको १० दिनमै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले पनि ऊर्जामन्त्रीलाई भेट गर्दै द्धिपक्षीय सहकार्यबारे छलफल गरेका छन् । ऊर्जा मन्त्रालयले द्धिपक्षीय हित र चासोका विषयमा कुरा भएको जनाएको छ ।
बहुचर्चित एमसीसी क्म्प्याक्टमा राष्ट्रिय सहमति नजुटिरहेको बेला एमसीसीको सम्बद्ध मन्त्रालयकी विभागीय मन्त्री र राजदूतको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।चिनियाँ राजदूत यान्छीले मन्त्री भुषालसँगको भेटमा पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभबारे चासो जनाएकी थिइन् ।

हिजो मात्रै चिनियाँ राजदुत यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । यता यान्छीको सक्रियता बढिरहँदा बेरीको सक्रीयता पनि कम छैन दुई दिन अघि मात्रै बेरीले गृहमन्त्री बालकृष्ण खाण सँग भेटेका थिए ।

अमेरिकी राजदुत बेरीले पछिल्लो समय संचार माध्यममा अन्तवार्ता दिने देखी अस्वाभाविक सक्रियता देखाइरहेका छन् । बेरीले प्रधानमन्त्री देउवा सँग पनि पटक पटक भेटघाट गरेका छन् भने अर्थमन्त्री जनार्दन शर्मा सँग पनि भेट गरिसकेका छन् ।

चिनिँया राजदुत होउ यान्छीले पनि प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल उर्जामन्त्री पम्फा भुषाल लगायतसँग भेटघाट गरेकी छिन् । एमसीसीको विषय पेचिलो बेनेका बेला अमेरिकी र चिनियाँ राजदुतको सक्रियतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here