Home News आजबाट १००० कित्ता सम्म भर्न मिल्ने आईपीओ खुल्यो, आवेदन आज दिँदा ठिक...

आजबाट १००० कित्ता सम्म भर्न मिल्ने आईपीओ खुल्यो, आवेदन आज दिँदा ठिक कि केही दिनपछि ?

137
0

आजबाट १००० कित्ता सम्म भर्न मिल्ने आईपीओ खुल्यो, आवेदन आज दिँदा ठिक कि केही दिनपछि ?

लगातार एकपछि अर्काे गर्दै आईपीओ निष्काशन भईरहेका छन् । यसैक्रममा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि आउँदो बुधवार साउन २७ गतेदेखि अर्थात भाेली देखी सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ।

यस लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो। धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने छ ।

साे लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ।

साे कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म आवेदन दिन सकिनेछ। आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

हाल साे कम्पनीको चुक्ता पुँजी सात करोड रहेको छ । आईपीओ बाँडफाँटपछि पुँजी १० करोड ९३ लाख पुग्नेछ । तपाईले आफु अनुकुल भाेली वा अरु दिनमा पनि एप्लाई गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here