Home News अमेरिकि से’ना नेपालका जिल्ला जिल्लामा छापिए हल्ला तर यि मिडिया र अभियान्ता...

अमेरिकि से’ना नेपालका जिल्ला जिल्लामा छापिए हल्ला तर यि मिडिया र अभियान्ता कता बिकिसके (भिडियो हेर्नुहोस)

511
0

अमेरिकि से’ना नेपालका जिल्ला जिल्लामा छापिए हल्ला तर यि मिडिया र अभियान्ता कता बिकिसके (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
साउन २१ गते बिहान साउदी अरबबाट काठमाडौं आएका एक यात्रु विमानस्थलमा सुनसहित पक्राउ परे। सिरहाको धनगढीमाई नगरपालिका ८ का २४ वर्षीय ऋषभ महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा समातिएका थिए।

उनको साथबाट प्रहरीले ८ वटा बाला र २ वटा औँठी गरी ४७४ ग्राम सुन बरामद गर्यो। विमानस्थलको नयाँ पार्किङ एरियामा उनको गतिविधि शंकास्पद लागेपछि समातिएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ। जजिरा एयरलाइन्सबाट यी सुनका बाला ल्याउने अरु भने छुटिसकेका थिए।

विदेशबाट आउनेले एक सय ग्रामसम्म सुन भन्सार शुल्क नतिरी ल्याउन पाउँछन्। त्यही भएर उनीहरुलाई भन्सार पार गर्न कुनै समस्या भएन। बाहिर आएपछि महतोले सुन संकलन गरे। प्रहरीले उनलाई पक्राउ गर्यो र थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझायो।

उनको साथबाट बरामद भएको सुनको मूल्य करिब ३७ लाख ३८ हजार ६ सय ७५ रुपैयाँ पर्छ। उनीविरुद्ध विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ। त्यसअघि साउन १२ गते दुबईबाट काठमाडौं आएका गोरखाका पदम परियारको साथबाट १ किलो १६५ ग्राम सुन बरामद भयो।

हिमालय एयरको उडानबाट बिहान करिब १० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए। भन्सार जाँचको क्रममा एक्सरेमा उनको सुटकेस शंकास्पद देखियो।त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले खोलेर हेर्दा कफी बनाउने मेसिनमा सुन फेला पर्यो। ३ वटा पत्र रहेको मेसिनको बीचको पत्र भने सुनको थियो।

कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लामो समय अन्तर्राष्ट्रिय उडान बन्द थियो। उडान सुरु भएसँगै अवैध रुपमा सुन भित्रिने क्रम पनि बढेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए।बास्तोलाका अनुसार सबैभन्दा धेरै सुन दुबईबाट भित्रिने गरेको छ। अरु देशबाट पनि छिटफुट मात्रामा अवैध रुपमा आइरहेको छ। सुन पक्राउ पर्ने क्रम बढेपनि सुन तस्करले सुन भित्र्याउन छाडेका छैनन्।

तस्करले सुन ल्याउँदा नयाँ–नयाँ उपाय लगाउँछन्। गत फागुन २ गते दुबईबाट आएका काभ्रेपलान्चोकका राजीव लामाले टर्चलाइटभित्र ६०० ग्राम सुन ल्याएका थिए। फ्लाइ दुबईको उडानबाट आएका उनको सुटकेस भन्सारको एक्सरेमा चेकजाँचको क्रममा शंकाको घेरामा पर्यो। सुटकेसभित्र रहेको टर्चलाइटमा चकलेट आकारमा सुन राखेका थिए। राति साढे १० बजेतिर काठमाडौं ओर्लिएका उनले ल्याएको सुन प्रहरीले बरामद गर्यो।

गत वैशाख १३ गते दुबईबाटै आएका धादिङका सन्दीप तामाङले टेबुल फ्यान ल्याएका थिए। तर उनले फ्यान ल्याउनुको उदेश्य भने अर्कै थियो। फ्यानमा उनले सुन फिट गरेर ल्याएको पाइएपछि विमानस्थल प्रहरीले बरामद गर्यो।नेपाल एयरलाइन्सबाट आएका उनी पनि विमानस्थलमा भन्सार चेकजाँचकै क्रममा फन्दामा परे। टेबुल फ्यान र स्पिकरभित्र फल्स बटम बनाई सेतो रंगले लेपन गरेको अवस्थामा ८६१.८२ ग्राम सुन फेला पर्यो। गत पुस ११ गतेपछि अवैध सुन ल्याएको अभियोगमा विमानस्थलबाट ३६ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा २ जना महिला छन्।

गत चैत ४ गते विदेशबाट फर्किएकालाई प्रयोग गरेर ल्याइएको सुन विमानस्थलमा संकलन गर्दैगर्दा लमजुङकी बान्ती गौतम पक्राउ परिन्। विमानस्थलको नयाँ पार्किङ क्षेत्रमा विदेशबाट आउनेसँग उनी सुनका बाला र औँठी संकलन गर्दैथिइन्। अवैध रुपमा सुन ल्याउनेहरुलाई पक्राउ गरेर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउँछ। थप अनुसन्धान र कारबाही भन्सार कार्यालयले गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here