Home Lifestyle यी निर्दोष नेपाली जो २० वर्ष भारतीय जेलमा थुनिए, छोरा इन्डियन आर्मी...

यी निर्दोष नेपाली जो २० वर्ष भारतीय जेलमा थुनिए, छोरा इन्डियन आर्मी बनेपछि अन्तमा यसरी छुटे

463
0

वसन्त यसै पनि राजा ऋतु । त्यसमाथि गाउँमा नयाँ उल्ला`स थपिएको छ । बाजा घन्किएको छ । हूलका हूल मानिस नरेन्द्र मगरको बाटो हेरिरहेका छन्, जो पूरा २४ वर्षपछि गाउँ फर्कंदैछन् ।

२८ वर्षअघि नरेन्द्र र ढुंगी रोका विवाह बन्धनमा बाँधिदा बेस्सरी पानी परेको थियो । गाउँका बूढापाकाले कानेखुसी गरेका थिए– ‘यस्तरी पानी पर्नु त शुभ–संकेत होइन है ।’ यो खासखुस दुलहा–दुलहीको कानमा पनि पुग्यो । तर, इष्टमित्रले सम्झाए– ‘जोडी मिलेकै छ, तिमेरलाई केही हुन्न ।’

विवाहपछिका चार वर्ष ठीकठाकसँग बित्यो । एक छोरा र एक छोरी जन्मिए । प्रधानपञ्चका माइला छोरा नरेन्द्रलाई खासै दुःख थिएन । असल व्यवहार र कामकाजी स्वभावका कारण उनी गाउँमा सबैको प्यारो थिए ।

एक दिन अचानक उनको छाती दुख्न थाल्यो । देशमा माओवादीले युद्ध चर्काइरहेको बेला उनको छातीको व्यथा बढ्दै गयो । उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं जान रोल्पा, जेल्बाङका मगरका लागि खतरापूर्ण थियो । कालापार (भारत) मा भने आफन्त पनि थिए ।

नरेन्द्र मगर एक हप्तापछि डिस्चार्ज त भए तर, डेरा जान पाएनन्; सीधै प्रहरी हिरासत पुगे । त्यहाँ थाहा पाए, उनीमाथि आक्रमण भएकै बेला सानीआमाको ह त्या भएको रहेछ । उता कालापारमा त उपचार पछि काम गरेर कमाउन सकिने सम्भा`वना पनि थियो । यी सब पक्षमा विचार गरेर नरेन्द्र २४ वर्षअघि हिमाञ्चल प्रदेशको सिमलास्थित सानीआमाको डेरामा पुगे ।.

त्यहाँ पनि सरकारी अस्पतालमा राम्रो उपचार नहुने रहेछ । उनले सानीआमाको समेत आडभरोसामा निजी अस्पतालमै औषधोपचार गर्न थाले । ६ माघ २०५४ को मध्यान्ह औषधि खाएर डेरामा सुतिरहेको बेला नरेन्द्रमाथि अपरिचित व्यक्तिहरूबाट सांघातिक आक्रमण भयो । होशमा आउँदा अस्पतालको बेडमा आफूलाई पाए । टाउकोमा १६ टाँका लगाइएको थियो । एउटा दाँत झरेको थियो । त्यो अवस्थामा पनि उनी प्रहरीको घेरामा थिए ।

कसले, किन कुट्यो ? अस्पताल कसले पुर्यायो ? पुलिसले किन घेरेको छ ? उनी छक्क परे । रोल्पाको गाउँबाट उपचार गराउन सिमला पुगेको उनलाई हिन्दी त के नेपाली समेत बोल्न आउँदैनथ्यो ।

उनी एक हप्तापछि डिस्चार्ज त भए तर, डेरा जान पाएनन्; सीधै प्रहरी हिरासत पुगे । त्यहाँ थाहा पाए, उनीमाथि आक्रमण भएकै बेला सानीआमाको हत्या भएको रहेछ । प्रहरीले छातीका रोगी उनलाई भयंकर यातना दियो । अन्त्यमा एक बालिकालाई हत्याको साक्षी बनाएर सिमलाकै कैठू जेल चलान गरियो । उनलाई आजीवन कैद सजा`य सुनाइएको थियो ।

त्यो बेला अहिले जस्तो सञ्चार सुविधा थिएन । जेलमा कसैसँग भेटघाट गर्न पनि दिइएन । जीवनले जसोतसो का`नूनी सहयोग पाए, तर उनी र वकिलले एकअर्काको कुरा नबुझ्ने । घटना अगाडि निदाएकोले केही थाहा नपाएको, होशमा आउँदा आफूलाई अस्पतालको बेडमा पाएको लगायत उनको अवस्थाको व्याख्या वकिलले गर्न सकेनन् ।

सिमला उच्च अदा`लतमा पुनरावेदन भएर अधिवक्ता विमल गुप्ताले ब`हस त गरे, तर तल्लो अदा´लतकै आदेश सदर भयो ।

‘आ त्म ह त्या गरौं–गरौं जस्तो लाग्थ्यो’

नरेन्द्रले हिमाञ्चलका विभिन्न जेलमा २४ वर्ष बिताए । जेल्बाङमा ९ कक्षा पास गरेका उनी जेलमा +२ सकेर राजनीतिशास्त्रमा स्नातक दोस्रो वर्षमा पुगेका थिए । तर, जेल सरुवामा सबै रिपोर्ट नबुझाइँदा उनको पढाइ पनि अवरु`द्ध भयो ।

जेलको साँघुरो कोठा, फरक–फरक भाषाका कै`दी । वातावरण नै उ´कुसमु´कुसपूर्ण थियो । नाहान जेलमा छँदा सुनसरीका अर्जुन राईले आ`त्मह`त्या गरे । त्यो घ`टनाले नरेन्द्र मगरलाई धेरै वि`चलि`त बनायो । ‘एकदिन छुट्छु नै भन्ने विश्वासले मात्र बाँचें’, उनी भन्छन् ।

नरेन्द्रले गाउँमा आमाबुवा बि`तेको ६ महीनापछि सुने । त्यो खबरले उनलाई विक्षिप्त नै बनायो । त्यसपछि उनलाई आत्महत्या गरौं–गरौं जस्तो लागिरहन्थ्यो । ‘लगा, यो सबकुछ एउटा सपना था’ नरेन्द्र भन्छन्, ‘म लामो निदबाट ब्यूँझिएँ । अनि एउटा सुन्दर सुबह आयो ।’

छोरा भेट्न आएको क्ष`ण

कहिलेकाहीं जीवनसंगिनी ढुंगीसँग फोनमा कुरा गर्ने मौका मिल्थ्यो । तर, लामो समय बन्द संसारमा बसेका उनले मा`तृभाषा नै बिर्सन्थे । ढुंगीलाई खामबाहेक अर्को भाषा आउँथेन ।

एकदिन नरेन्द्रको सेलमा आएका एक जवानले झुक्दै ‘बुवा नमस्कार !’ भने । चार वर्षको हुँदा घरमा छोडेको उनका छोरा थिए ती युवक । उनी भारतीय सेनामा भर्ती भएर बाबुलाई भेट्न जेलमा आएका थिए ।

छोरालाई छुन जेलरसँग अनुनय–विनय गरेपछि नरेन्द्रले हात मिलाउन पाए । त्यो क्ष`णमा आफूलाई छोराछोरीले बाटो नबिराएको, ढुंगीले आमाबावु दुवैको अभिभारा पूरा गरेको भन्ने लागेको उनी बताउँछन् । अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here