Home News भिर बाट खस्दा युवा को निधन

भिर बाट खस्दा युवा को निधन

184
0

२२ भदौ २०७७ कास्की मादी गाउँपालिका वडा नं-९ मुग्री गाउँका एक युवाले हिजो आईतवार आत्महत्या गरेका छन्।

मृतक युवाले आईतवार बिहान करिब ११ बजेको समयमा गाउँको पुर्ब दिशा तर्फ रहेको ल्याङ्दी भिर बाट फाल हानेर आत्महत्या गरेका हुन्।

करिब २०० मिटर अग्लो भिर बाट फाल हानेका युवाको घटना स्थलमै मृत्यु भएको छ भने घटनाको कारण डिप्रेसन भएको स्थानिय गोपाल गुरुङले जानकारी दिएको छ।

एक छोरा एक छोरी भएका बिक्रम भुजेल बिगत एक बर्ष देखि मानसिक रुपमा कमजोर थिए भने उहाँ लकडाउन पछिको ३ महिना देखि गाउँमै बस्दै आएका थिए। घटना भएको केही समय भित्रै भगवती टार प्रहरी चौकीका एक टोलिले घटनाको प्रारम्भिक छानबिन तथा

मुचुल्का संकलन गरि संबंधित वडाअध्यक्ष तोरण गुरुङको रोहबरमा शबलाई हिजै पोस्टमार्टनको लागि पश्चिमान्चल अस्पतालमा पठाईएको थियो भने शबलाई आज दाहासंस्कार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here