Home News धन कमाउने आशा बोकेर जापान गएका थिए तर घर नफर्किने गरि सधैका...

धन कमाउने आशा बोकेर जापान गएका थिए तर घर नफर्किने गरि सधैका लागि अस्ताए !

24
0

टोकियो,जापान। मृ’त्यु सँधै दुखद त हुँदै हो, अझ प्रवासमा त्यो पनि यो को’भि’ड महामारीको समयमा हुने मृ’त्युहरु कति पि’डा’दायी र कठोर हुन्छन्

त्यो केबल भोग्ने परिवारले जति अरुले कहाँ महसुश गर्न सकिने कुरा हो र ! तर बिडम्बना,जापानमा यो साता( एकै साताभित्र) विभिन्न कारण र स्थानमा गरी ३ जना नेपालीहरुले मृ’त्यु वरण गरेका छन् ।

जापानको ओसाकामा एक महिला, टोकियोमा एक पुरुष र सेन्दाइमा एक युवाको नि’ध’न भएको छ । यही अगष्ट ८ तारिख आईतबार जापानको ओसाकामा परिवारसंगै बस्दै आएकी ४२ वर्षिय हरिकला भण्डारीको मृ’त्यु भयो ।

नेपालको बागलुङ जिल्ला,गलकोट नगरपालिका-२ नरेठाँटी चिनामाली स्थायी ठेगाना भएकि भण्डारी जापानको ओसाकामा विगत १ दशक देखि पारिवारिक भिसामा रहँदै आएकी थिईन् ।

उनि विगत एक वर्षयता स्वास्थ्यमा समस्या देखिएकाले उपचाररत थिईन् । पारिवारिक स्रोतका अनुसार उनको फो’क्सोमा ग’म्भी’र समस्या देखिएको थियो र सोहि कारण नि’ध’न भयो । र उनको यहि अगस्ट ११ तारिख जापानको ओसाकामा नै अ’न्त्ये’ष्टि भईसकेको छ ।

यस्तै जापानको राजधानी टोकियोको शिनकोईवा बस्ने ४५ वर्षीय नेपाली उज्वल तुलाचनको कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु भएको छ । नेपालको मुस्ताङ ज़िल्ला टुक्चे स्थायी घर भै डेढ दशकदेखि श्रीमतिसंगै जापानमा बस्दै आएका तुलाचन श्रीमतिसंगै कोरोना संक्रमित भएपछि उपचारकै क्रममा यहि बिहिबार मृ’त्यु भएको बताईएको छ ।

मृ’त’क तुलाचनको शवलाई जापानी अधिकारीहरूले नै अ’न्ति’म सं’स्का’र गरेको र परिवारलाई भिडियो मार्फत श’व देखाइएको बताईएको छ । तुलाचनको श्रीमती जापानी नागरिक रहेको बुझिएको छ । यो संगै, जापानको सेन्दाइमा भोकेश्नल कलेज अध्यनरत ३१ वर्षीय नेपाली युवा कुबेर धामीको यहि शनिबार नि’ध’न भएको छ ।

नेपालको महेन्द्रनगर स्थायी घर भै २ वर्ष अघि जापान आएका धामी सु’ते’कै अवस्थामा मृ’त भेटिएका हुन् । शनिबार कामबाट फर्किएर साविक जस्तै सुतेका धा’मी आईतबार साथीहरु काममा गई फर्किएर आउँदा पनि सुतिरहेको पाईएपछि,साथीहरुले उठाउन खोज्दा मृत’ अवस्थामा भेटिएका थिए । उनको शव हाल पो’स्ट’मा’र्ट’मको क्रममा छ । – Nepalnewspost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here