Home News अफगानिस्तानमा रहेका नेपाली भन्छन्ः हामी जो*खिममा छौं, छिटो उ*द्धार होस्

अफगानिस्तानमा रहेका नेपाली भन्छन्ः हामी जो*खिममा छौं, छिटो उ*द्धार होस्

285
0

कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारका वीरेन्द्र गोदार अफगानिस्तानको काबुलस्थित क्यानेडियन दुतावासमा काम गर्थे । सुरक्षाकर्मीको रुपमा विगत ११ वर्षदेखि दुतावासमा काम गर्दै आएका उनी अहिले भने निकै नै अप्ठेरोमा छन् ।

ता’लिबान वि’द्रोहीले अफगानिस्तानको राजधानी काबुललाई क’ब्जामा लिएसँगै त्यहाँ कार्यरत गो’दार जस्ता धेरै नेपाली कामदार अप्ठेरोमा परेका छन् ।

जतिसक्दो छिटो नेपाल सरकारको उद्धारको पखाईमा रहेको उनीहरुको भनाई छ । ता’लिबानको क’ब्जा भएसँगै गोदार कार्यरत दुतावासका उच्च पदाधिकारी स्वदेश फर्किसकेका छन् भने उनीहरुलाई होटलमा राखिएको छ ।

दुतावासको सु’रक्षाको जिम्मा लिएको कम्पनि हार्टले नेपाली सुरक्षाकर्मीलाई का’बुलको होटलमा राखेको छ । गोदारका अनुसार सुरक्षा कम्पनिले नेपाल पठाउने भनेर हिजै का’बुल विमानस्थल नजिकैको होटलमा राखेको थियो । होटल जोहाक भिलेजमा उनीहरु अहिले बसिरहेका छन् ।

‘हामी विमानस्थल नजिकैको होटलमा बसेका छौं । बाहिर गो’लाबारी चलिरहेको छ । निकै नै जो’खिममा छौ । जतिसक्दो छिटो उ’द्धार गरिदिए हुन्थ्यो,’ गोदारले भने, ‘नेपाली, भारतीय सहितका विभिन्न मुलुकका ना’गरिक अलपत्र छौ ।’ उनका अनुसार क्याने’डियन दुतावासमा काम गर्ने करिब एकसय जना र जर्मन दुतावासमा काम गर्ने अरु नेपाली कामदार पनि त्यही होटलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here