Home News भर्खरै फुट्यो एमाले: माधव नेपालले खोले नयाँ पार्टी, यस्तो छ, चुनाव चिह्न...

भर्खरै फुट्यो एमाले: माधव नेपालले खोले नयाँ पार्टी, यस्तो छ, चुनाव चिह्न खुला किताब (भिडियो हेर्नुहोस) सहि कि गलत?

347
0

भर्खरै फुट्यो एमाले: माधव नेपालले खोले नयाँ पार्टी, यस्तो छ, चुनाव चिह्न खुला किताब (भिडियो हेर्नुहोस) सहि कि गलत?

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
निर्वाचन आयोगमा बुधबार मात्रै दर्ता भएको नेकपा एमाले (समाजवादी) की नेता रामकुमारी झाँक्रीले पार्टी विभाजन भएपछि बल्ल एकताका लागि आधार तयार भएको बताएकी छन्।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेकी नेता झाँक्रीले केपी ओली सुध्रिएको खण्डमा पार्टी एकताको ढोका भने अझै बन्द नभएको प्रतिक्रिया दिएकी हुन्।

एउटै पार्टीमा हुँदा ओलीले श्रृङ्खलावद्ध रुपमा आफूहरुलाई कारबाही गरेपछि फरक दलका रुपमा आएको र यसले एमाले एकताका लागि आधार तयार गरेको उनको दावी छ।

उनले भनिन्, ‘बल्ल पार्टी एकताका लागि आधार तयार भयो। पहिले एउटै पार्टी थियौँ। एउटैमा हुँदा हामीलाई श्रृङ्खलावद्ध रुपमा कारबाही गरियो। अब फरक दलका रुपमा आएका छौँ। यसले यसले एकताको आधार खडा गरेको छ। यदी ओलीका व्यवहार सुध्रियो भने अझै पनि पार्टी एकता हुनसक्छ। एकताको ढोका बन्द भएको छैन।’

नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको हो।

एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्। केन्द्रीय समिति ९५ सदस्यीय बनेको छ। यसमा ५८ जना सदस्यहरु एमालेका तर्फबाट छन् भने बाँकी थप सदस्यहरु छन्।

अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिका रहेका छन्। deshsanchar बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here