Home News धतुरेले कान्छी बुढी ल्याएपछि जेठी र कान्छीको अन्तर्वार्तामै कु’टाकु’ट ! धतुरेलाई छुट्याउन...

धतुरेले कान्छी बुढी ल्याएपछि जेठी र कान्छीको अन्तर्वार्तामै कु’टाकु’ट ! धतुरेलाई छुट्याउन हम्मे हम्मे (भिडियो हेर्नुहोस)

522
0

धतुरेले कान्छी बुढी ल्याएपछि जेठी र कान्छीको अन्तर्वार्तामै कु’टाकु’ट ! धतुरेलाई छुट्याउन हम्मे हम्मे (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
सुख्खायामसँगै वर्षेनी खानेपानी संकट झेलिरहेका सदरमुकाम र आसपासका संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति हुन थालेको छ। भोजपुरको मेलम्ची मानिने सहरी खानेपानी आयोजनाअन्तरगत तिनभंगाले खानेपानी आयोजनाको खानेपानी आएसँगै दैनिक जीवनयापन सहज बन्न थालेको छ।

वर्षौंदेखि खानेपानीको हाहाकार मच्चिँदै आएको सदरमुकाममा खानेपानी पुगेपछि भोजपुर सदरमुकामबासी र आसपासका क्षेत्रका उपभोक्ताहरु हर्षित बनेका छन्। दैनिक दुई लाख लिटरको हाराहारीमा वितरण हुँदै आएको खानेपानी आपूर्ति बढेर अहिले करिब १० लाख लिटर पुगेको छ। भोजपुर नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९ र वडा नम्बर १२ का करिब २२ सय ८० घरधुरीलाई खानेपानी आपूर्ति गरिएको छ।

नयाँ तथा पुराना उपभोक्ताको घरमा पाइप लाइन जोड्ने काम तीव्र पारिएको सिलिचुङ खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष प्रवीणकुमार सुवालले बताए। उनका अनुसार ९२ प्रतिशत योजनाको काम सम्पन्न भएको र

पूर्ण सम्पन्नपछि उपभोक्तालाई चौबिसै घण्टा पानी वितरण गरिने भएको छ। सुक्खाका कारण आलोपालोमा पानी व्यवस्थापन हुँदै आए पनि यो आयोजनाको पानी घरघरमा पुगेपछि सदरमुकामलगायत क्षेत्रमा खानेपानी आपूर्ति सहज बन्ने उनले बताए।

नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार ३० रुपैयाँ लागतमा उक्त आयोजनाको पानी ल्याइएको हो। झण्डै ३ वर्षअघि टेम्केमैयुङ गाउँपालिका १,

तिम्माको तिनभंगाले मुहानबाट सुरु गरिएको काम एकसय १६ किलोमिटर लामो दुरी पार गर्दै सदरमुकाम ल्याइएको फिल्ड इन्जिनियर लक्ष्मीप्रसाद चौधरीले बताए। चौधरीका अनुसार कोभिड १९ का कारण आयोजनाको म्याद असोज ११ गतेसम्म थप गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here