Home News भर्खरै नेपालसामु भारतले घुडा टेक्यो, माग्यो माफी, नेपालले चाल्यो यस्तो कडा कदम...

भर्खरै नेपालसामु भारतले घुडा टेक्यो, माग्यो माफी, नेपालले चाल्यो यस्तो कडा कदम !

275
0

भर्खरै नेपालसामु भारतले घुडा टेक्यो, माग्यो माफी, नेपालले चाल्यो यस्तो कडा कदम !

याे पनि पढ्नुहोस्
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैनौं : दाहाल
काठमाडौँ — सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो ।

बुधबारसम्म एक अर्कामाथि कटाक्ष गरेका र आ-आफ्नो अडानबाट एक कदम पछाडि हट्न तयार नभएका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार नाटकीय रुपमा के संवाद भयो भन्ने अन्योल नै छ ।

बुधबारसम्म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने अडान राखेका ओली शुक्रबार धेरै ‘सफ्ट’ देखिएका छन् । यसले नेकपाभित्र पर्दापछाडि भएका घटनाक्रम सकारात्मक दिशा उन्मुख छन् भन्ने देखाएको छ । शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादलाई स्वाभाविक मान्दै छलफलबाट निकास निस्कने बताएका थिए । यसका लागि केही समय लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । पार्टीको स्थायी कमिटी बैठक एक साता पछाडि सारेपछि ओलीले विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुन आग्रह गरेका छन् ।

‘अहिले कतिपय राजनीतिक विषय–सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्छ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविक हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु अन्यथा पनि होइन । जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here