Home News हार्दिक श्रद्धाञ्जली ! बखतेलाई सम्झिदै काजि यसरी रुन थाले ,धोका दियौ शम्भु...

हार्दिक श्रद्धाञ्जली ! बखतेलाई सम्झिदै काजि यसरी रुन थाले ,धोका दियौ शम्भु (हेर्नुस् भिडियो )

1134
0

बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।

भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।

आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काजकिरियामा बस्नु भएको थियो एक्कासि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।कोरोनासगको लडाइ लड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमोनिया देखा पर्यो र फोक्सो पुरै खराब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र खटिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृत आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्रद्धाञ्जली ,बैगुन्ठमा बाँस होस् ।

कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उपचार भैरहेको थियो ।हिजै दिउँसो २ बजे उहाको श वको अन्तेष्टि गरिएको हो ।

अहिले भने बहुचर्चित काजि बा शम्भु(बखते) लाई सम्झिदै एकदमै भावुक भएका छन् ।पर्दामा सबै हसाउने काजि बा का आखाहरुमा आँसु टिलपिल देखिन्थे ।बखतेसग काम गर्दाको क्षण र उनले गर्ने व्यावहार साह्रै नै राम्रो भएको र हामिलाई छोडेर यति चाडै किन गयौ शम्भु भन्दै सुक्कसुक्क रुदै श्रद्धाञ्जली अर्पण गरे ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here