Home Uncategorized गुल्मीका वडा अध्यक्ष कृषि कर्ममा, पुरै गाउँभरि नै किवि खेती बर्षको करोडौंको...

गुल्मीका वडा अध्यक्ष कृषि कर्ममा, पुरै गाउँभरि नै किवि खेती बर्षको करोडौंको आम्दानी Kiwi kheti nepal

107
0


यो पनी पोड़नूहोस

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका– ५ घुम्थाङमा सुरक्षित ठानिएकै दुई बस्तीमा भीषण पहिरो खस्दा ११ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्। घाइते ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।

annapurna post
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले आइतबार बिहान साढे ३ बजेतिर एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजे र भीरखर्कका १८ घर पुरिएको जानकारी दिए। त्यसमा ज्यान गुमाउनेमा भक्तिमाया श्रेष्ठ (६३ वर्ष), जुनु विक (२३ वर्ष), सुकलाल विक (२४ वर्ष), सन्देश विक (८ वर्ष), सर्किनी नेवार (६० वर्ष), धनलाल नेवार (६५ वर्ष), ट्याक्सी शेर्पा (९८ वर्ष), हीरामाया नेवार (६० वर्ष), ज्ञानीमाया प्रधान (४२ वर्ष), सरस्वती विक (५ वर्ष), करणबहादुर श्रेष्ठ (२५ वर्ष) रहेको जिल्ला प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा रामबहादुर नेवार (४८ वर्ष), दिलमाया श्रेष्ठ (१८ वर्ष), रीता श्रेष्ठ (३७ वर्ष), दानियाल श्रेष्ठ (५ वर्ष), नदान श्रेष्ठ (४ वर्ष), अमृत श्रेष्ठ (२५ वर्ष), मनिता श्रेष्ठ (२५ वर्ष), रविना श्रेष्ठ (३० वर्ष), रियाशु श्रेष्ठ (शिवभक्ति) (८ वर्ष), पदमकुमारी श्रेष्ठ (६० वर्ष), रामकुमार श्रेष्ठ (४२ वर्ष) छन्। यस्तै, लालबहादुर श्रेष्ठ (५१ वर्ष), बुद्धलक्ष्मी श्रेष्ठ (५० वर्ष), लक्ष्मी श्रेष्ठ (११ वर्ष), कुमार विक (२२ वर्ष), सोनिया विक (२१ वर्ष), रूपा विक (१० वर्ष), शिवबहादुर नेवार (४३ वर्ष) बेपत्ता छन्। दुई वर्षका एक बालक र एक महिलाको नाम नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले बेपत्ताको खोजी जारी राखेको छ।

भोटेकोसी नदीबाट झन्डै एक घण्टा माथि र भीरभन्दा पनि टाढा रहेका बस्ती पहिरोको चपेटामा पर्ला भनेर कसैले सोचेका थिएनन्। जिल्लाका अन्य भागमा पहिरो जाँदा पनि आफ्नो बस्ती सुरक्षित रहेकामा गर्व गर्थे स्थानीयवासी। वडा सदस्य वीरबहादुर भण्डारी वडामा सुरक्षित मानिएको बस्तीमा पहिरोले वितण्डा मच्चाएको देख्दा अचम्मित छन्। सोच्दै नसोचेको पहिरोले ठूलो जनधनको क्षति गराएको भण्डारीको भनाइ छ।

उनका अनुसार पहिरोमा परेर एउटा टोलका चार र अर्को टोलका आठ घर मानवविहीन भएका छन्। पहिरोले बस्ती पुरिँदा एक घरमा दुई बालक र उनीहरूका आमा तथा एक घरमा बाबुछोरा मात्र बाँचेको उनले सुनाए।

सभामुख अग्निप्रसाद सापकोटाले तत्काल राहत र उद्धारसँगै यस्ता विपत्तिबाट बच्न दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन्। सभामुख सापकोटा पहिरोले पु¥याएको क्षति अवलोकन गर्न घटनास्थल पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here