Home News पानीपुरीमा पिसाब मिसाइरहेको रङ्गेहात भिडियो बनेपछि … (भिडियो)

पानीपुरीमा पिसाब मिसाइरहेको रङ्गेहात भिडियो बनेपछि … (भिडियो)

322
0

एजेन्सी। कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । पानीपुरी खाने लत नै परेको हुन्छ कसैलाई।

तर स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ। भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ।

https://m.facebook.com/story.php?story_fbid=348622946810091&id=100006248943888&_rdr

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here