Home News एक महिना भित्र विदेशमा अलपत्र नेपालीको उद्धार गरिसक्न निर्देशन

एक महिना भित्र विदेशमा अलपत्र नेपालीको उद्धार गरिसक्न निर्देशन

156
0

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा ढिलाई भएको निष्कर्ष निकालेको छ। आइतबार बसेको समितीको बैठकले अलपत्र नोपालीहरुको उद्धारमा ढिलाई भएको बताउदै सरकारलाई अब एक महिना भित्रै उद्धार गरिसक्न निर्देशन समेत दिएको छ ।

सरकारले कोरोना महामारीको कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने कार्ययोजना बनाएर काम गरिरहेको छ । सरकारले भदौ १६ गतेबाट नियमित रुपमा उद्धारका उडानहरु भरिरहेको छ। तर हाल भइरहेको उडानले मात्रै सबै अलपत्र नेपालीहरु को उद्धार उपयुक्त समयसम्ममा भइनसक्ने अनुमान गरिएको छ । आजको छलफलमा पनि यही अवस्था भए उद्धारका काममा ढिलाई हुनसक्ने सहभागीहरुले सुझाव दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ नगर्न निर्देशन दिएको बताइएको छ। यतिबेला को’रोना भाइरसको संक्रमणबाट सिर्जित समस्याका कारण विभिन्न म्ुलुकमा ६८ हजार ३४७ नेपाली तत्काल उद्ध%Aरको खाँचोमा रहेको परराष्ट्रको तथ्याङ्कमा छ ।

उनीहरुलाई कम्तिमा एक महिनाभित्रै उद्धारको आवश्यकता रहेको ठहर गर्दै समितिले सरकारलाई निर्देशन गरेको हो । समितिले उद्धारका लागि सरकारले उडानका लागि एयरलाइन्स कम्पनीहरुसँग समय मै आवाश्यक व्यावस्थापन गर्न र जुन एयरलाइन्स कम्पनीले चाँडो उडान भर्न सक्छन् तीनीहरुसँग सहकार्य गर्न निदेशन दिएको छ । त्यस्तै उद्धार गरेर ल्याईका सबै नेपाली नागरिकहरुलाई क्वारेन्टाइन र आआफ्नो क्षेत्रमा पुर्याउनमा सबै निकायसँग समोन्वय गर्न निर्देशन दिइएको छ ।

सरकारले गत जेठबाटै अलपत्र नेपालीहरुको दैनिक ५ सय देखि ८ सयउद्धार गर्दै आएको छ । तर यो संख्या न्यून भएकोले उद्धारमा ढिलाई हुने भन्दै सरकारको बिरोध समेत भइरहेको छ । हाल सम्म विभिन्न मुलुमा अलपत्र परेका ६१ हजार ७१० जना नेपालीको उद्धार भइसकेको छ । जसमा सबैभन्दा धेरै यूएईबाट धेरै नेपाली स्वदेश फर्किएका छन् ।

याे पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा ‘ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने’ बताएका थिए। उनको तात्पर्य थियो ‘बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसा रण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन’ । हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ ।

तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिनानै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ। ‘इमरोड’ नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।

न्युजील्याण्डको बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी ‘पावरको’ ले यो प्रविधिको परिक्षण गर्ने भएको हो । ‘इमरोड’ले हाल ‘पावरको’को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ। तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ ।

कसरी पठाईन्छ बिजुली ? एन्टिना र रेक्टिनाको प्रयोगले यो सम्भव भएको बताईएको छ ।कम्पनीका अनुसार सुरुमा एन्टिनाले बिजुलीलाई ‘माइक्रोवेभ इनर्जी’ मा परिणत गर्छ, जुन रेडियो तरङ्ग जस्तै हुन्छ । त्यस पछि ति तरङ्गहरुलाई तार रहित तर निश्चित बाटो हुँदै बिजुली पुर्याउनु पर्ने रेक्टिनासम्म पुर्याईन्छ । त्यसपछि ति तरङ्गहरुलाई रिक्टिनाले पुन: बिजुलीमा परिणत गर्छ ।

हावाको माध्यम प्रयोग गरि बिजुली पठाईने र बिजुलीको बाटोमा हावा बाहेक (जस्तै व्यक्ति , चरा अथवा केहि) आएको खण्डमा बिजुली ट्रान्सफर त्यहि रोकिने र हातेपछि पुन: सुचारु हुने बताईएको छ । यसरी ७० प्रतिशतसम्म बिजुली गन्तब्य स्थानमा पुर्याउन सकिने कम्पनीले जनाएको छ । तारको माध्यमबाट हुने प्रसारणभन्दा यो कम गुणस्तर देखिएपनि ठुला टावर बनाउन नसकिनेस्थानमा भने यो प्रविधि लाभदायक हुने कम्पनीले जनाएको छ। कम्पनीले हाल ‘पावरको’ कम्पनीको लागि मोडल बनाईरहेको जनाएको छ । अक्टोबरसम्म सो कार्य सकिने र केहि महिना त्यसको परिक्षण गर्ने र त्यसपछि लामो दुरीमा परिक्षण गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here