Home News वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

427
0

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण भएको छ । सरकारी वायुसेवा नेपाल वायुसेवा निगमका सिनियर पाइलट लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

हिजो ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै जहाज उडाएका अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

लामा र कोल्हात्करले वाइडबडी जहाज शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिन अगाडि दक्षिण सुडान लगेका थिए । दुबै पाइलट होटल सोल्टीको आइसोलेसनमा रहेका छन् ।

याे पनि पढ्नुहोस्
एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्। गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने गरेको थियो। तर यस वर्ष उपत्यकाका कलेहरूले एसइईको नतिजामाथि विश्वास गर्न सकेका छैनन्। त्यही भएर विद्यार्थीसँग कक्षा ८ र ९ को समेत नतिजा मागेका छन्। कतिपय कलेजले विद्यार्थी भर्नाका लागि कक्षा १० सँगै ८ र ९ को नतिजा मागेका छन्।

कतिपय कलेजले छात्रावृत्ति उपलब्ध गराउन भन्दै तल्लो कक्षाको नतिजा मागेको बताउने गरेका छन्। जुनसुकै बहानामा तल्लो कक्षाको नतिजा मागिए पनि मुख्य कारण भने यसपालिको एसइई नतिजामा विश्वास गर्न नसक्नु नै हो। केही कलेजले कक्षा ८ र ९ को नतिजा नमागेर कक्षा १० कै पाठ्यक्रममा आधारित भएर विद्यार्थीसँग पुनः लिखित परीक्षासहित अन्तर्वार्ता लिइरहेका छन्। यसअघिको भर्नामा यस्तो कहिल्यै गरिएको थिएन। माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले यस वर्ष विद्यार्थीसँग कक्षा ११ मा भर्ना हुन कक्षा ८ र ९ को नतिजासमेत मागेको छ।

स्कुलको वेबसाइटमै विद्यार्थीले आफ्नो एसइईको नतिजासाथै कक्षा ८ र ९को नतिजासमेत अपलोड गर्न निर्देशन दिइएको छ। लगनखेलस्थित अक्सब्रिज कलेजले भने कक्षा ११ मा छात्रावृत्ति दिने भन्दै कक्षा ८ को नतिजा मागेको छ। ललितपुरस्थित मानभवनस्थित प्रसादी कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीसँग कक्षा १० कै पाठ्यक्रममा आधारित रहेर अनलाइनबाटै लिखित परीक्षा र अन्तर्वार्ता लिइरहेको छ। गोल्डेनगेट कलेजले अनलाइन प्रवेश परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित भएर लिइरहेको छ। कालोपुलस्थित जेभियरले अनलाइन फाराम संकलन गरेर अनलाइनबाटै प्रवेश परीक्षा लिने तयारी गरेको छ। नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here