Home News कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएनन

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएनन

118
0

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस हुन सकेन । एक मन्त्रीका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमै आएको थिएन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद सकिइसकेको छ ।उनैलाई दोहोर्‍याउने तयारी गरिएको भए पनि सरकारले निर्णय भने गर्न सकेको छैन । त्यस्तै सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन (छोटो, मध्यम र लामो दूरीको) संचालन गर्न दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् ।

मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो ।१८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।

याे पनि पढ्नुहोस्

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा ज’लाएको अ’भियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पु’र्पक्षकालागि जे’ल च’लान भएका छन् ।सोमबार जिल्ला अदालत काठमाडौक न्या’याधीश विनोदराज पोखरेलको इ’जलासले मुख्य अ’भियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पु’र्वपक्ष, ३ जनालाई १५ हजार ध’रौटीमा रि’हा र ५ जनालाई साधारण ता’रेखमा छो’ड्न आ’देश दिएको हो ।गत भदौ १ गते झण्डा ज’लाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी)ले ६ जना र महानगरीय अ’पराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मु’द्दा दा’यर भएको थियो । भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएको थियो ।भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा ज’लाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खि’चिएको देखिन्छ। म्युजिक भिडियोमा सा’म्प्रदायिकता माथि नै ख’लल पुग्ने किसिमका भनाइहरू रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here