Home International ‘श्रीमान्–श्रीमतीको जस्तो थियो सिद्धार्थ–शहनाजको सम्बन्ध’

‘श्रीमान्–श्रीमतीको जस्तो थियो सिद्धार्थ–शहनाजको सम्बन्ध’

204
0

सिद्धार्थ शुक्लाको निधनले बलिउड शोकमग्न छ ।

कुनैपनि कलाकारले उनलाई बिर्सन सकिरहेका छैनन् । उनीहरु सिद्धार्थ फर्किएको देख्न चाहन्छन्, जुन असम्भव छ । शहनाज गिलको स्थिति पनि नाजुक छ, उनी पीडामा छिन् ।

बिग बाेस १४ कि प्रतिस्पर्धी पवित्रा पुन्य पनि सिद्धार्थलाई सम्झिएर भावुक बनेकि छिन् । उनले सिद्धार्थ र शहनाजकाे सम्बन्ध पवित्र रहेकाे र श्रीमान्–श्रीमतीको जस्तो रहेकाे बताएकी छिन् । उनले याे जाेडीलाई कसैले कहिले पनि बिर्सन नसक्ने पनि बताइन् ।

उनले भनेकि छिन् – ‘उनीहरुको कपल बोन्डिङ पवित्र थियो । उनीहरुको बोन्डिङ कस्तो थियो भन्ने कुरा कसैले कल्पना पनि गर्न सक्दैन । मलाई त यो सम्बन्ध एक श्रीमान्–श्रीमतीको जस्तो लाग्थ्यो ।

मानिसहरु सधैँभरी शहनाज र सिद्धार्थलाई सम्झिरहने छन् । मलाई पनि उनीहरुको जोडी मन पर्छ । म यो कामना गर्न चाहन्छु कि शहनाज यो दुःखबाट छिट्टै बाहिर निस्कन सकून् ।’

बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्ला सधैँका लागि यो संसार छोडेर गइसकेका छन् । ४० वर्षका सिद्धार्थको हृदयघातका कारण उनकाे बिहीबार निधन भएकाे हाे । शुक्रबार अन्तिम संस्कार गरिएकाे थियाे । उनकाे अन्तिम संस्कारमा शहनाज पनि पुगेकि थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here