Home News ज्ञानेन्द्र शाही भन्नुहुन्छ – सबै जनता एकजुट भएर एमसीसी रोकौं ।(भिडियो सहित)

ज्ञानेन्द्र शाही भन्नुहुन्छ – सबै जनता एकजुट भएर एमसीसी रोकौं ।(भिडियो सहित)

295
0

हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले एमसीसी पास गर्न खोज्नेलाई जहाँ भेट्यो त्यहि ठो’क्नु पर्ने बताएका छन् ।

एमसीसी पास हुनु भन्दा एमसीसी पास गर्न खोज्नेलाई जहाँको त्यहि ठोकेर जेल बस्नु राम्रो हुने उनले जानकारी दिएका छन् ।
उनले नेपाल रैबारसँगको कुराकानीमा भने,’ अहिले अफगानिस्तानको राष्ट्रपतिलाई के भएको छ ?

त्यत्रो पैसा लिएर भाग्यो । दुःख त सर्वसाधारण जनतालाई नै भयो नी । एमसीसी पास भयो भने यस्तै हालत हाम्रो देशमा पनि हुने छ । दश वर्षे जनआन्दो’लनमा को मारिए प्रचण्डका छोराछोरी कि बाुबुरामका छोराछोरी । मारिएका त हामी आम जनताका छोराछोरी नै हुन् नी ।

त्यो जनआन्दो’लन शेरबहादुर देउवाकोवि’रु’द्धमा गरिएको थियो । अहिले उसैसँग मिलेर सत्ताको स्वाद चाख्दै छन् ।’ ‘भोलीका दिन राम्रा हुन् भन्ने सोच्ने हो भने हामी आम जनता एक जुट भएर एमसीसी पास हुन दिनु हुँदैन । बरु एमसीसी पास हुनुपर्छ भन्नेलाई जहाँ भेट्यो त्यहि ठो’केर जे’ल बस्नु पर्छ ।

उनले भने ‘अफगानिस्तानमा अमेरिकाले पैसा जति खर्च गरे पनि देशलाई पहिले भन्दा गरिब बनाएर गयो । नेपाललाई पनि खोक्रो बनाउनेछ अनि फाइदा लु’ट्नेछ विकास र हाम्रो जनस्थर जस्ताको त्यस्तै हुनेछ ।’ एमसीसी उपाध्यक्ष फतिमा सुमार चार दिनको लागि बिहिबार नेपाल आएकी छन् । उनले बिहिबारदेखि आफ्नो भे’टवार्ता कार्यक्रम गर्दै आएकी छन् ।

उनले सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुगेरै भटेकी छन् । त्यस्तै उनले माधवकुमार नेपाल, प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा, पम्फा भुसाल त्यस्तै गरी डा. बावुराम भट्टराई र उपेन्द् यादवलगायतका नेताहरुसँग भेटवार्ता गरिसकेकी छन् ।

युवाहरु भने एमसीसीकावि’रुद्ध आ’न्दोलन तथा विरोध प्रदर्शन गर्दै आएका छन् । उक्त प्रदर्शन तथा आन्दो’लनका क्रममा धेरै अभियानता पक्रा’उ पनि परेका छन् । २२ दल मिलेर संयुक्त रुपमा आन्दो’लन गरि रहेको छ । त्यस्तै अन्य समूहहरु पनि विरोधमा जुटि रहेका छन् ।-नेपाल रैबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here