Home News २१ वर्षीया करिश्मा आफ्नै कोठामा मृ’त अव’स्थामा फेला, घटना रह’स्यमय

२१ वर्षीया करिश्मा आफ्नै कोठामा मृ’त अव’स्थामा फेला, घटना रह’स्यमय

133
0

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।

खैरा घर भएकी किशोरी लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।

दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताए । परिवारले घटना रहस्यमय रहेको जनाएको छ । मृतको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ ।

शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टनाबारे अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here