Home News थप नयाँ रह’स्य खुल्यो, सिताको मृ ’त्यु पछि सिसिटिभीमा श्रीमान घरबाट निस्किएको...

थप नयाँ रह’स्य खुल्यो, सिताको मृ ’त्यु पछि सिसिटिभीमा श्रीमान घरबाट निस्किएको प्रष्टै देखियो (भिडियो सहित)

181
0

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मा भएको सीता भण्डारी पौड्याल मृत्यु प्रकरणबारे सिसीटिभि फुटेज बाहिरिएसँगै थप नयाँ रहस्य खुलेको छ ।

भदौ २० गते घरमा ४३ बर्षीय श्रीमान टिका पौड्यालकी २७ बर्षीया श्रीमती सीता बिहान करिव ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् । सीताको मृत्यु नभई ह’त्या भएको भन्दै माइतीजनले भने पनि पो’ष्टमा’र्टम रि’पो’र्टमा झु’ण्डि’एर मृत्यु भएको भनिएको छ ।

त्यसपछि मृ’तक सीताका माइतीजन र आफन्तजनले घटना लुकाउन पो’ष्टमार्टम रि’पोर्ट गलत ल्याइएको भन्दै विरोध प्रदर्शन र सीताको मृत्युबारे सत्य छानविन गर्न माग गरिरहेका छन् । श्रीमान टिकाको कनेक्सन माथिल्लो तहसम्म भएकाले ह’त्यालाई देहत्यागमा रुपान्तरण गरिएको माइतीजनको भनाइ छ ।

घ’टना घटेको एक हप्तापछि सीताको घर नजिकै एक पसलमा रहेको सिसीटिभि फुटेजमा केही शंकास्पद दृश्यहरु हालै बाहिरिएको छ । उक्त फुटेजमा घटना भएको राती मृतकका जेठाजु घर भित्र पसेका छन् भने बिहान करिव साढे चार बजे मृ’तक सीताकी श्रीमान टिका घरबाट बाहिर हिँडेको देखिन्छ ।

त्यस दिन घट’ना स्थल नजिकैको घर अगाडि पसल भएका एमबि न्यौपानेले आफ्नो सिसीटिभी फुटेजमा टिकालाई केही सामान प्याक भएको झोला लिएर बाहिर हिँडेको देखिएको बताएका छन् । उनले भनेअनुसार सिसीटिभी फुटेजमा बिहान करिव ४ बजेको समयमा सीताका श्रीमान टिका झोलामा समानहरु प्याक गरेर बाहिर हिँडेको देखिन्छ ।

उनले आफ्नो सिसीटिभी सार्वजनिक गर्दै भनेका छन्–‘ घरमा श्रीमाती त्यस्तो अवस्थामा थिइन् भने कुनै श्रीमान त्यसरी निर्धक्कसँग बाहिर जान सक्छ ? एउटी महिला बसेको कोठा त्यसरी भ’ताभु’ङ्ग भएको छ, सिताको आँखामा निला डाम छ, शरीरमा पनि दागहरु छन् ।’

घ’टना हेर्दा सीतामाथि हा’तपा’त भएपछि मृत्यु भएको हुन सक्ने न्यौपानेको भनाइ छ । न्यौपानेको सिसीटिभि फुटेजमा भदौ १९ गते दिउँसो माइतीबाट घर आएकी सीताले गल्लीमा रहेको स्कुटी साँझ साढे ७ बजेको समयमा भित्र पार्किङ गरेको देख्न सकिन्छ ।

र, साढे ७ बजेकै आसपासमा श्रीमान् टिका दाजुकी छोरीलाई गाडीमा ल्याएर घर आएको सिसीटिभीमा देख्न सकिन्छ । यो घ’टना रहस्यमय बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here