Home News २० वर्षदेखि हराएका अर्जुन परिवार खोज्दै मिडियामा, कहाँ होला त उनको घर...

२० वर्षदेखि हराएका अर्जुन परिवार खोज्दै मिडियामा, कहाँ होला त उनको घर ? (भिडियो हेर्नुस)

299
0

२० वर्षदेखि हराएका अर्जुन परिवार खोज्दै मिडियामा, कहाँ होला त उनको घर ? (भिडियो हेर्नुस)

सानै उमेरमा परिवारबाट बिछोडिए पछि आफ्नो घर परिवार सबै भुलेका अर्जुन अहिले मिडियामा आएका छन । ५ वर्षको हुदा घर छोडेका उनलाई अहिले आफ्नो पनि कहाँ थाहा छैन । कतै पत्ता लाग्छ कि भनेर अहिले आफू मिडियामा आएको उनले बताएका छन ।

आफू घरबाट हिड्दा एउटा खोला तरेर बस चढेको उनलाई थाहा छ । त्यसपछी भने उनी बिहान उज्यालो हुँदा काठमाडौँ आइपुगेको मात्र याद भएको उनले बताएका छन ।आफू सानै हुँदा बाउ बितेका उनको आमा पनि पोइला गएकी थिइन । उनका एक दाइ र दुई दिदी भएको उनले बताएका छन ।

आफुले घर छोड्दा दाइ दिदिको बिबाह भै सकेको उनले बताए । घरमा दाइ भाउजुले हेला गरे पछि आफू घर छोडेर हिडेको उनले बताए । उनको दाईको नाम लक्ष्मी बि क र दिदी को सुन्तली बिक भएको उनले बताए । उनका भिनाजु भने गाउँकै मिलमा काम गर्ने पनि उनले बताएका छन ।

आफ्नो घर पहाडको ठाउँ भएको र आफू घर छोड्ने बेलामा नै त्यहा मोटर बाटो पुग्न लागेको उनले बताए । त्यो बेला बस चड्न खासै टाढा जानू नपर्ने उनले बताएका छन ।

आफू बुझ्ने भए पछि आफ्नो घर परिवार खोजि गर्न चाहेता पनि ठाउँको नाम थाहा नभएकोले आफुले खोजी गर्न नसकेको बताए । धेरै कोसिस गर्दा पनि आफुले नसके पछि अहिले आफू मिडियामा आएको उनले बताएका छन ।

दशैँ तिहार लगायतका चाडपर्वमा अरुको परिवारको जमघट देख्दा आफुलाई पनि घर परिवारको याद आउने गरेको उनले बताए । अहिलेसम्म आफुले दशैँ तिहार कहिल्यै न मनाएको उनले बताए । ]

दशैँ तिहार आउदा घर परिवार सम्झेर सधैँ रुदै बस्ने गरेको उनले बताए । अब अहिले पनि दशैँ आउन लागेकोले अब पनि रुदैँ बस्न नपरोस भनेर आफू घर परिवार खोज्न मिडियासम्म आइपुगेको अर्जुनले बताए ।

आफू थुप्रै ठाउँ बस्दै आएको तर धेरै जसो काठमाडौमा बसेकी उनले बताए । अहिले आफू बानियाँटार बस्दै आएको उनले बताए । आफुसगँ घर परिवारको बारेमा धेरै कुरा थाहा नभएता पनि आफू हिड्दा बेलाको र

आफुले जानेको केही परिवारको पृठमुमी भन्दा कहिँ कतै आफ्नो परिवार भेटिएर सम्पर्क हुन्छ कि भन्ने आशले मिडियामा आएको उनले बताएका छन । दाइ र दिदी को नाम थाहा भएकोले त्यसले पनि केही सजिलो होला कि भन्ने आफुलाई लागेको उनले बताए । (भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here