Home News दुईवटा मुन्द्राका लागि हजुरआमाको ह*त्या गरेर आँगनमा गाड्ने नाती प*क्राउ

दुईवटा मुन्द्राका लागि हजुरआमाको ह*त्या गरेर आँगनमा गाड्ने नाती प*क्राउ

208
0

जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै हजुरआमाको हत्या आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

बझाङका एक युवकले गरगहना हात पार्न आफ्नै हजुरआमाको हत्या गरेको प्रहरीको दावी छ । हजुरआमाको हत्या आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान हँसिया प्रयोग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६÷७ बजेको समयमा घटनास्थल पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघिपट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् ।

वडा नम्बर–५ का वडाअध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले आमा २७ गतेदेखि घरमा नदेखेपछि खोजी गरेका थिए । कतै पनि पत्तो नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा रगतका छिटा समेत देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यति बेलासम्म हत्याका आरोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका–७ को लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here