Home News हेलिकप्टरले टुडिखेलमा उडायो लाखौ फूल | देखियो रोचक दृश्य – उर्लियो जनसागर...

हेलिकप्टरले टुडिखेलमा उडायो लाखौ फूल | देखियो रोचक दृश्य – उर्लियो जनसागर | संविधान दिवस २०७८ (भिडियो हेर्नुहोस र सेयर गराै)

283
0

हेलिकप्टरले टुडिखेलमा उडायो लाखौ फूल | देखियो रोचक दृश्य – उर्लियो जनसागर | संविधान दिवस २०७८ (भिडियो हेर्नुहोस र सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालको इतिहासमा सबैभन्दा धेरै धारा रहेको संविधान संविधानसभाबाट घोषणा भई राष्ट्रपतिले प्रमाणीकरण गरेको आज ६ वर्ष पूरा भएको छ। २ सय ४० वर्ष लामो राजतन्त्रात्मक व्यस्थालाई विस्थापित गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुनिश्चित गरिएको नेपालको संविधानमा ३५ भाग, ९ वटा अनुसूची र ३ सय ८ धारा छन्।

संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहले आआफ्नो अनुकूलतामा कानुन निर्माण गरी कार्यान्वयन पनि गरिरहेका छन्। संघ, प्रदेश र स्थानीय तहले बनाएर कार्यान्वयन गरिरहेका कानुनहरूका बारेमा बहस जारी छ।

संविधानको धारा १६ देखि धारा ४८ सम्म ३१ मौलिक हक छन्। एक युगमा एक पटक गठन हुने संविधानसभामार्फत बनेको संविधानको धारा ४७ मा मौलिक हक कार्यान्वयनको व्यवस्था गरिएको छ। एकातिर संविधानले नागरिकलाई अधिकार दिएको छ भने अर्कोतिर नागरिकका कर्तव्यलाई पनि तोकिदिएको छ।

संविधानको धारा ४८ मा नागरिकको कर्तव्यको व्यवस्था गरिएको छ। राज्यले चाहेमा जुनसुकै बेला सेवा गर्न नागरिक तयार हुनुपर्छ। त्यो सेवा सःशुल्क वा निःशुल्क दुवै हुन सक्छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नागरिकको कर्तव्य हो। सार्वजनिक सम्पत्तिको तोडफोड गर्नु संविधानविपरीत कार्य हो। धर्मको आधारमा भेदभाव नगरिने र सबै मातृभाषा राष्ट्रभाषा हुने व्यवस्था संविधानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here