Home News विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराइदै

विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराइदै

190
0

नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज राति नेपाली झण्डा फहराउने भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार राति यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो । बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो ।यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो ।

यूएईको स्थानीय समयअनुसार राति ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ ।त्यस्तै सोही समयमै आबुधाबीस्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस्

झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ। सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुरु गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो। यसका लागि सरकारले एक अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ। विनियोजित बजेटले सबै विपन्न नागरिकको घर निर्माण गरिने छ। विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनमा छन्।

स’ञ्चालित का’र्यक्रम मध्ये दुई हजार ७३० परिवारका लागि यो वर्ष ख’रको छा’नो प’रिवर्तन गरेर ज’स्तापाता ल’गाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको नि’जी स’चिवालय स’दस्य होमबहादुर थापाले बताए । झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको नि’र्वाचन क्षेत्र पनि हो । यो नि’र्वाचन क्षेत्र भित्र पर्ने द’मक नगरपालिकामा ६१६ र गौ’रादह नगरपालिकामा ६६३ वि’पन्नका लागि छा’नो फे’रिँदैछ। त्यस्तै कमल गाउँपालिकामा ८३० र गौ’रीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फे’र्ने कार्यक्रम रहेको बताइएको छ।

जस्ता पाता फे’र्नका लागि प्रत्येक घरलाई ५० हजार उपलब्ध गराइने भएको छ। त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने का’र्यक्रम अ’न्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर नि’र्माण ग’रिने भएको छ। एक घर नि’र्माणका लागि तीन लाख ५० हजार प्र’दान गरिने र बाँकी अ’पुग रकम स्था’नीय तह र सम्बन्धित घ’रधनीको ज’नश्रमदान रहने थापाले बताए। दमक र गौ’रादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर नि’र्माण हुने भएका छन्।

यसका लागि लागि ४२ करोड खर्च हुने बताइएको छ । यता सांसद पूर्वाधार वि’कास सा’झेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौ’रीगञ्जमा १३ वटा नमूना घर नि’र्माण हुने भएका छन्। आवास यो’जनाअन्तरगत नै तराई म’धेश स’मृद्ध कार्यक्रममार्फत पनि गौ’रीगञ्ज र गौ’रादह नगरपालिकामा वि’पन्न नागरिकका लागि घर निर्माण गरिने भएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here