Home Lifestyle १४ लाखमै यसरी बनाउन सकिन्छ यति सुन्दर घर (भिडियोसहित)

१४ लाखमै यसरी बनाउन सकिन्छ यति सुन्दर घर (भिडियोसहित)

194
0

आफ्नै स्वामित्वको एउटा चिटिक्कको घर होस् । र, त्यो घरमा पार्किङ गर्ने गाडी । अनि सानो र सुखी परिवार । साथै, नियमितरुपमा निश्चित आम्दानी होस् ।यो अधिकांश नेपालीको सपना हो । किनभने हामी नेपालीहरु फ्ल्याट सेयरिङमा भन्दा आफ्नै स्वामित्वको अलग्गै घर होस् भन्ने चाहना राख्छौं ।हामीहरु रोजगारी खोज्न, अध्ययन गर्न, व्यापार व्यवसाय गर्न दिनानुदिन शहर बजार प्रवेश गरिरहेका हुन्छौं । बढ्दो शहरीकरणसँगै जग्गाको भाउ आकासिँदै गएको छ ।तपाईंहामीमध्ये अधिकांशले दशौं वर्ष मिहेनत गरेर एउटा टुक्रा जग्गा जोड्छौं ।

र, घर बनाउनका लागि फेरि वर्षौं संघर्ष गरिरहेका छौं ।त्यसैका लागि हामी स्वदेशमा होस् वा विदेशमा दिनरात घोटिएर काम खाइरहेका छौं ।आरसीसी ढलान गरेको सामान्य डिजाइनको एकतले घर बनाउनुपर्यो भने पनि ३०/३५ लाख रुपैयाँ खर्च हुन्छ । सामान्य वर्गका मान्छेलाई त्यतिका पैसा जम्मा गर्न निकै कठिन हुन्छ ।सायद आजका दिनमा तपाईंले पनि यो समस्या भोगिरहनु भएको हुनसक्छ । तपाईंसँग जग्गा छ तर पुँजीको अभावमा घर बनाउन सकिरहनु भएको छैन भने तपाईंका लागि यो समाचार निश्चय पनि उपयोगी बन्नेछ ।तपाईंले सस्तो मूल्यमै आकर्षक, अत्याधुनिक र वर्षौं टिकाउ हुने कोरियन प्रविधिको घर बनाउन सक्नुहुनेछ ।

एसवाई प्यानल नेपालले तपाईंको रोजाइ अनुसारको डिजाइनमा सस्तो मूल्यमै चिटिक्कको घर बनाइदिन्छ ।एसवाई प्यानल अन्तर्गतका ५३ वटा हाउजिङ तथा कन्स्ट्रक्सनले न्यूनतम १४ लाख रुपैयाँदेखि अघिकमत ३० लाख रुपैयाँसम्मका भुकम्प प्रतिरोधी, अत्याधुनिक सुविधा सम्पन्न अकर्षण घर बनाइरहेका छन् ।कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी कम लागतमा १ महिनादेखि अढाई महिनाभित्रमा तपाईंको सपनाको घर बनाइदिन्छ ।यदि राम्रो आकर्षक इन्टेरियर डिजाइनिङमा सेमी फर्निचरसहित बनाउँदा भने अधिकतम ३० लाख रुपैयाँसम्म लाग्ने र अढाइ महिनासम्ममा घर तयार हुने उनको भनाइ छ ।भिडियो यहाँ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here