Home News सामाजिक सन्जाल टिकटकमा भेटियो यस्तो ला*जमर्दो भिडियो ! स्वयम्भू बस्ने एकजना प*क्राउ

सामाजिक सन्जाल टिकटकमा भेटियो यस्तो ला*जमर्दो भिडियो ! स्वयम्भू बस्ने एकजना प*क्राउ

157
0

प्रहरीलाई अश्लिल र लाजमर्दो शब्द प्रयोग गरी अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठ पक्राउ परेका छन् ।

निजले ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई अपशब्द बोली टिकटक बनाएका श्रेष्ठले महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई र्दुव्यवहार गरेका हुन् । यस विषयलाई प्रहरीले अनुशनधान अगाडी बढाएको छ ।

यो पनि पढ्नुहोस्;
यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर म.न.पा.–१४ नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ र ललितपुर म.न.पा.– १३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् ।

लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here