Home News दुखद खबर: मलेसियाको टप ग्लोबमा कार्यरत नेपाली श्रमिक पुष्पा तामाङ ड्युटीकै क्रममा...

दुखद खबर: मलेसियाको टप ग्लोबमा कार्यरत नेपाली श्रमिक पुष्पा तामाङ ड्युटीकै क्रममा ढलेर म’रे।

214
0

मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृ*त्यु भएको छ।

नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प ग्लोव कम्पनी नम्बर.२२ मा कम्पनीभित्रै ड्युटीमै कार्यरत रहेको बेलामानै मृ*त्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।

अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आवद्ध रहि वैधानिक हैसियतमै रहेर काम गर्दै आईरहनु भएको थियो, तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अच्चानक मुर्छा परेर लडेको कम्पनीकै सहकर्मीहरुले चेकजाँच गर्दा मृ**त्यु भैइसकेको पाइएको जानकारी कम्पनी स्रोतले दिइएको अधिकृत बुढाले मलाया खबरलाई बताउनुभयो।

श्रमिक पुष्पा तामाङको मृ*त्यु हृद*यघा*त (हर्ट अ’ट्याक) ले भएको हुनसक्ने अनुमान गरिएको भएतापनी पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो।

हाल मृ**तक तामाङको श**व पो*ष्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ। तामाङ पहिले अर्कै कम्पनीमा कार्यरत रहेको र पछि भागेर नयाँ पासपोर्ट बनाएर मलेसिया सरकारले बेला बेला अवैधानिकलाई वैधानिक बन्ने मौका दिईरहने भएकोले रिहाईरिङ कार्यक्रमको सदुपयोग गरेर वैधानिक बनि टप ग्लोवमा आवद्ध भैइ कार्यरत रहि आएको बुझिएको छ। Malayakhabar बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here