Home News काठमाडौमा मा सु भात खाएर मोटो भए भन्दै खुशी भइन् उनी (भिडियो...

काठमाडौमा मा सु भात खाएर मोटो भए भन्दै खुशी भइन् उनी (भिडियो हेर्नुस्)

155
0

बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिता गीत र म्युजिक भिडियो रेकर्ड गर्न काठमाडौ गएकी थिइन् र अहिले फर्केर आफ्नै घर आईसकेकी छिन् ।उनले अहिले आफ्ना पितासंग कुरा गर्दा काठमाडौको बसाई निकै उपलब्धि मुलक भएको र काठमाडौको भात खाएर आफू मोटो भएको समेत बताएकी छिन् ।उनले आफ्नो पिताको धेरै माया लाग्ने भएकाले वहाँलाई छिट्टै घर आउन आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here