Home International भारतको उत्तराखण्डमा चिनियाँ सेनाको प्रवेश, भारतको पुल ध्व’स्त पारिदिए

भारतको उत्तराखण्डमा चिनियाँ सेनाको प्रवेश, भारतको पुल ध्व’स्त पारिदिए

215
0

काठमाडौ। चिनियाँ सेनाले सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यमा प्रवेश गरेको छ। १ सयभन्दा धेरै चिनियाँ सैनिकहरु ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए।

उनीहरु सीमा पार गर्दै उत्तराखण्डको बाराहोती क्षेत्रमा प्रवेश गरेका थिए। यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन्। रिपोर्टका अनुसार यो घटना ३० अगष्टको हो।

यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए । यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए ।

इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए।यी चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रमा ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। उनीहरु ५० भन्दा धेरै घोडामा चढेर आएका थिए ।

यसरी भारतीय क्षेत्रमा प्रवेश गरेको २ घण्टापछि चिनियाँ सैनिकहरु बाराहोती क्षेत्रबाट आफ्नो क्षेत्रमा फर्किएका थिए । इकोनोमिक टाइम्सको रिपोर्टअनुसार तुनजुन ला पास पार गरेपछि भारतीय क्षेत्रमा चिनियाँ सैनिकहरु ५ किलोमिटर भन्दा पनि धेरै भित्र पुगेका थिए।

चिनियाँ सेना प्रवेश गरेको तुन जुन ला पास लिम्पियाधुराबाट नजिकै पर्छ। नेपालको सीमाको नजिकै भारत र चीनबीच यस किसिमको घटना हुनुले नेपाललाई पनि रणनैतिक र कूटनैतिक रुपले गम्भीर प्रभाव पर्न सक्छ। तुन जुन ला पासबाट लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाको विन्दू लगभग ७१ किलोमिटरको दूरीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here