Home News नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने

77
0

नेपाल–भारत सीमा सुरक्षा बैठक दिल्लीमा बस्दै : कालापानी र सुस्ताबारे छलफल नहुने नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दैछ ।

भारतको राजधानी नयाँदिल्लीमा आज बैठक बस्न लागेको हो ।m नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो

बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ । बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली

हिजो भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी हुनुहुनेछ । भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई

देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि नियमित बैठक बस्न सकेको छैन। यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो । पहिलो पटक २०६९ सालमा भारतमा बैठक बसेको थियो ।

दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो । भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here