Home News चीनले आ’क्रमण गर्न सक्ने भन्दै ताइवानले माग्यो अस्ट्रेलियाको सहायता

चीनले आ’क्रमण गर्न सक्ने भन्दै ताइवानले माग्यो अस्ट्रेलियाको सहायता

141
0

ताइवान सरकारका एक वरिष्ठ सदस्यले चीनबाट आ’क्रमणको खतरा रहेको भन्दै अस्ट्रेलियासँग सहायता मागेका छन् ।

परराष्ट्रमन्त्री जोसेफ वुले ताइवानसँग अस्ट्रेलिया लगायत मुलुकले निकट सम्बन्ध बनाउनुपर्ने किनकि ताइवानलाई चीनबाट खतरा रहेको बताए । चीनले ताइवनालाई स्वतन्त्र मुलुक नभई आफ्नै एक प्रान्त मान्ने गरेको छ ।

विगत केही समययता चीनले ताइवानको हवाईक्षेत्रमा व्यापक संख्यामा ल’डाकू विमान पठाएको छ । तीन दिनमा उसले १०० पटकभन्दा बढी अतिक्रमण गरेको छ ।

‘चीनले ताइवानविरुद्ध युद्ध शुरू गरेमा हामी अन्तिमसम्म ल’ड्नेछौं, त्यो हाम्रो प्रतिबद्धता हो,’ वुले एबीसीको चाइना टुनाइट कार्यक्रममा बताए ।

‘चीनले आक्रमण गरेछ भने उसलाई पनि निकै क्षति पुग्नेमा म विश्वस्त छु,’ उनले थपे । वुले यस क्षेत्रमा चीनको महत्त्वकांक्षालाई नियन्त्रणमा राख्न अमेरिका र अस्ट्रेलिया जस्ता मुलुकले समर्थन गर्नुपर्ने बताए ।

चीनले बढायो हवाई गश्ती

चिनियाँ जनमुक्ति सेनाले शनिवार ताइवान नजिक ३९ वटा विभिन्न किसिमका युद्धविमानहरू उडाएको छ । शुक्रवार मात्र उसले त्यहाँ ३८ वटा युद्धविमान उडाएको थियो ।

जे–१६ लडाकू विमान, सु–३० लडाकू विमान र वाई–८ पनडुब्बीप्रतिरोधी विमान ताइवाजको दक्षिणपश्चिम हवाईक्षेत्रमा प्रवेश गरेको ताइवानका रक्षा अधिकारीहरूले प्रेस वक्तव्य जारी गरेर जानकारी दिए ।

ताइवान टापु र दक्षिण चीन सागरमा रहेको दोङशा टापुसमूहबीचको क्षेत्रमा चिनियाँ सेनाका विमानहरू उडाइएका हुन् ।

ताइवानमा सशस्त्र बलहरूलाई निवारण गर्न र अन्य मुलुकको हस्तक्षेप रोक्नका लागि चिनियाँ जनमुक्ति सेनाले थप तैनाथी गर्नुपरेको र यी सामान्य तथा नियमित अभ्यास भएको चिनियाँ सैन्यविद् सोङ चोङपिङले ग्लोबल टाइम्सलाई बताए ।

रातिको समयमा अभ्यास गर्नु महत्त्वपूर्ण छ किनकि युद्ध कुनै पनि बेलामा हुन सक्छ, सोङले बताए । अमेरिकाका विमानवाहक युद्धपोतहरू यूएसएस रोनल्ड रेगन र यूएसएस कार्ल भिन्सन सेप्टेम्बर २७ मा ताइवान नजिक पुगेपछि चिनियाँ जनमुक्ति सेनाले उक्त क्षेत्रमा कीर्तिमान अभ्यास गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here